Posted by: nepalean January 31, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
एक महिना जसो पहिले पृथ्वि जयन्ती ताका पृथ्वि नारायण शाहको जन्म दिवस मा भएका कुराहरुलाइ देखेर केही कोरेको थिए । फेरी उनैको बारेमा यहा कुरा भैरहेका रहेछन । अनि यता तराइमा उथल पुथल भै राखेको छ । सान्द्रभिक लाग्यो , टासे ल । टिका टिप्पणिको लागि स्वागत । ____________________________________________________________________ कुझो मुर्ती आकाशगंगामा सबभन्दा सुन्दर ग्रह पृथ्वी जती रमणिय छ त्यहां जिउन तेतीकै कठोर पनि छ। जिउनको निम्ति सबल ब्यक्ती त बडो संघर्ष गर्नु पर्छ, अपांग भए त कुरै नगरौ । जिउदाको यो गती, निर्जीब झन दुर्गती। फेरी समयको बेगलाइ कस्ले पो छेक्ने । राजा ज्ञानेन्द्रले चलाएको डुगांको छालले नेपालको जन्म दिने उनका पुर्खलाइ समेत बगाइ छाड्यो । अन्तत सिंहदरबार अगाडीको पृथ्वी नारायण शाहको मुर्तिले फुल, माला र ढुगांको सामना गर्नु पर्यो यही पुष २७ गते । जर्मनीका बिसमार्कसंग तुलाना गरिएका ब्यक्तीको यस्तो दुर्दशा इन्टरनेटका पानामा देख्दा नमिठो अनुभव भयो । यसको समाधान के त ? कि त भारतीय चलचित्र “लगे रहो मुन्ना भाइ “ मा महात्म गान्धीको मुर्ती फुटाउनेलाइ अरु पनी फुटाउने देउ तर अन्तयमा उनलाइ मुटुको एक कुनामा राख भनेर सल्लाह दिन अदृष्य महात्म गान्धी जस्तै अदृष्य पृथ्वी नारायण शाह उत्पन्न हुनु पर्यो नत्र यसको समाधान कोही संग पनि छैन कारण मुर्ती फुटाउनुको ठोस कारण ति फुटाउनेसंग पनि छैन। भिडियोमा देखिएका मुर्ती फुटाइएका खुशीका अनुहारहरू ऋतीक रोषनको पूत्ला जलाउने संग हुबहु मिल्दथे। किन होला त नेपालको सडक सद्दाम हुसेन फासीमा चढ्दा होस या निहत्था मान्छे माडीमा एम्बुसमा पर्दा होस सधै तात्तिने गर्छ। हामीमा आफ्नै महत्व नभएर हो की धेरै आत्म सम्मान भएर ? धेरै आत्मसम्मान भए त उत्तर र दक्षिणका ठुला ठुला ढुगांहरु सुन हुदा हामीहरु हिरा बन्नु पर्ने, किन कुहिएको तरुल भएर बस्नुपरेको? आफ्नो महत्व नभए त १२ जना नेपाली इराकमा मारीदा स्वफुर्त रुपमा नेपाली त्यसको बिरुदमा किन उत्रिए? फेरी तेइ पर काशमिरमा नौ जना नेपाली मारिदा कसैले चालै पाएन? यसरी प्रश्न माथी प्रश्न थुपार्दा नेपालीहुनुमा गर्वको सट्टा ग्लानी थुप्रिन्छ। यस्ता याबत समस्याको जड के त ? नेपालका सरकारी बोर्डमा अंक ५ सजिलै मेटाए जस्तै यस्तो कुरा सजीलै मेट्न पक्कै पनि सम्भव छैन। के देश चलाउने उर्जा सदुपयोग नभएर बाटो भरी छर्पस्टिएका हुन त? अणुमा उर्जाको दुरुपयोग गरेर जापान तहस नहस भयो भने तेही उर्जा मानव कोषमा सदुपयोग भएर अहिले बिकासको उत्कर्षमा पुगेको छ जापान। कुकुर तह लगाउने कुकुर बिशेषज्ञ सिजार मिलान हुन या रकेटलाइ अन्तरिक्षतिर उडाउने रोबर्ट गर्डाड, दुबैले उर्जालाइ योजना सम्पन्न गर्न ठुलो महत्व राख्छन। त्यसोभए नेपालका खोला नालाका उर्जा बगेर समुन्द्रमा गए जस्तै नेपाली जनताका उर्जा बगेर बिदेश गएको या देशमै खेरा गइराखेको हो त? नेपाली जांगर र मिहेनेतको अबमुल्यन गर्न नै मिल्दैन नत्र भारत देखि अमेरीकाको ओसियन सिटी सम्म नेपाली भएकै भरमा काम पाइने स्थीती हुदैनथ्यो। त्यसो भए नेपाली जनता कता चुके त? नेपाली जनतालाइ नेपाली पद बाहेक प्राय सम्पुर्ण अबसरबाट बन्चित राखियो। जनताको चुलोमा खाना पकाएर जनतालाइ भोकै राखियो। जनता भोकमरीले झन सिथिल भए। अधिकार र सुबीधाको कुरा त के मानब मुल्यको नै पत्तो पाएनन, कुन सही कुन गलत, कुहिरोको काग जस्तै रुमलिरहे नेपाली जनता। अबको पालो जनताको हो। तन्त्रै तन्त्रले जनतालाइ झुक्काउने होइन, जनताको समस्या जरोमै गएर सम्बोधन गरीनु पर्छ । सम्पुर्ण जनता सम्मानका साथ बाच्न पाउनुपर्छ । बहादुर, थापा, शाह हुन या कुनै बादी ,समुह वा गुट, उपगुट, सबै कानुन भित्र सहि रुपमा पर्नु पर्छ। सम्पुर्ण जनताको उर्जा सही रुपमा प्रयोग हुनु पर्छ र त्यसको उपलब्धी जनताले यथार्थमै पाउनु पर्छ। नत्र भने संसार निर्जिब बस्तुमा हात, खुट्टा जोडेर मानव जस्तै दक्ष बनाउदै भविष्यतिर लम्किरहदा हामी निर्जिब मुर्तिलाइ कुझो बनाएर इतिहासको यात्रामा लागिरहने छौ।
Read Full Discussion Thread for this article