Posted by: Rahuldai January 31, 2007
अब के होला?
Login in to Rate this Post:     0       ?        
नानु जी । यो प्रश्नको उत्तर तपाईं राजनीतिको कुन धार मा बसेर सोच्नु हुन्छ त्यसमा निर्भर हुन्छ । टथस्त भएर सोच्ने धेरै थोरैको बानी छ। एक् थरि अहिले नै गिरिजा फेर्नु पर्छ भन्छन्। बुढाको शुद्धि हराइ सके, घाटे बुढोको अझै कुर्सी मोह, भन्छन्। नेपाल् को राजनीति जति जटिल् सायद् दुनियाको कुनै राजनिति होला। सतह् मा एक्, भित्री कुरा अर्को हुन्छ। मैले पहिला देखि भदै आएको कुरो मा अझै अडिक् छु। जस्ले चर्को रुपमा भारतको बिरोध् गर्छ, त्यसले भारतको त्यति नै बढि हुन्दि खाएको हुन्छ। संगत् परिस्थितिले मैले नि नेपालका अघिल्लो पंक्तिका नेताहरुको किचेन क्याबिनेटका सद्स्यहरु सङ्ग बस उठ् गरेको छु र मेरो निर्क्यौल् त्यहि हो। अब गिरिजा कुन परिस्थितिमा अहिले राष्ट्र प्रमुख् सरकार् प्रमुख भए, यस्का पनि बिबिध् कारनहरु छन्। नत्र बाम्पन्थिहरुको प्रचण्द बहुमत् भएको संसद् मा त्यस्मा पनि कट्टर् दुश्मन् देउबा को पनि गतिलो संख्या भएको बेला गिरिजा को अस्तित्व रहला र?तर पनि गिरिजा को बिकल्प छैन अहिले को लागि, साझाक राजनैतीक पंडित हरु बाहेक अरुले मानेका छन र सत्य पनि त्यही हो । त्यसैले उनको स्वर्गारोहणको परिकल्पना गरेर, नेपाल को धमिलो तस्बीरलाई अझ धुमिल न बनाउं , यसै मा सबैको कल्याण छ ।
Read Full Discussion Thread for this article