Posted by: Rahuldai January 31, 2007
अब के होला?
Login in to Rate this Post:     0       ?        
नानु जी, हुन त राजनीती बारे मैले न लेख्ने कसम खाएको थिएं, तर आज कसम तोडें, मैले । ढुक्क पनि छैन, निराश पनि छैन, आश पनि छैन । ३) यो बिचमा गिरिजाको स्वर्गारहण यदि भै हालेमा,नया नेतृत्त्वको लागि माधव् नेपालहरु र माओबादि बिचको झगडाले अस्थिरता उत्पन्न गर्नेछ। -यस्मा १०० प्रतिशत् सहमत् छु। १) सँविधान सभाको चुनाव समयमा हुन सक्दैन। - यस्मा म अर्ध सहमत् छु। अहिले फलाक्दै गरेको दिन् जेस्ठ १५ गते भित्र चुनाव हुदैन तर कार्तिक तिर् व अर्को बैशाख् तिर् चुनाव हुन्छ। २) माओबादि लगायत प्राय सबै पार्टिका महत्त्वपुर्ण मान्छेहरु दरबारले किनि सकेको आभइश् हुदैछ। - यस्मा म २५% सहमत् छु। जहिले पनि जुनसुकै पार्टिमा पनि दरबारिया र भारतीय घुसपैठ छ र तिनीहरुको यो गनतन्त्रमय माहौलमा केहि लाग्ने वाला छैन।साझाका स्वयं घोषित राजनैतीक पंडितहरुले भने जस्तो बिकाउ छैनन हाम्रा नेताहरु, डिग्री छैनन होला, दूरदृष्टी छैनन होला, तर जीवन जगत र जिन्दगी भरि राज निती गरेको अनुभव छ उहाँ हरु सित । ४)माओबादि सेनाहरु धेरै समय क्याम्पमइ बस्नु परेमइ बिद्रोह सुरु हुन सक्छ। लाग्दैछ देश अझै अस्थिरता तिर बड्दैछ। -त्यसो नभै यसो होला कि? माओवादीमा मेरो विचारमा सालाखाला २०-२५ % कार्यकर्ताले मात्र राजानैतीक दर्शन माओबाद बुझेको र बुझेर लागेको होला । बाकी ३०-४० % चाँही लहै लहै र बेरोज्गार्, गरीबि र अन्याय मा परेर मुक्ती को खोजीमा माओवादीमा लागेका हुन । १०-२५% चाहि, अरु पार्टिबाट् निकालिएका, बहिएका मन्च को खोजीम रहेका, कार्यकर्ता बिहिन् नेता हरु हुन्। बाकी चाँही फतहा, लुच्चा, र काम्चोर हरु हुन । थर्काएको भर मा, भात नि खान पाइने, मन नपरेको लाइ लात नि हान्न पाइने, लकडी नि पाइने , लड्की नि पाइने भनेर लागेका हुन । हिजो कांधमा बन्दुक थ्यो र गाउँ शहरमा मान पाउथ्यो र दाम पाउंथ्यो । बिना हतियार को माओवादी कार्यकर्ता र नेताको के हैसियत हुन्छ भनेर तराईका केही ठाउंमा देखि सके । बन्दुक बिसाएर चुनाव भयो भने मेरो नितान्त ब्यक्तिगत बिचार हो । माओवादीको भाग मा अहिले पाएको ७३ भन्दा धेरै थोरै सीट हाट पर्ने छ । त्यस् पछि देखिन्छ जनताको व्यबहार । हिजो जिउदै गाडेका लाश का आफन्तहरु, छोराको अगाडी बम पड्काएर बिस्कुन बनाएका हरुका छोराअ छोरी हरु, गोडामा बर्मा ली प्वाल परेका घाउ हरु, अनेक निर्दोश का बिधवाहरु तब जुर्मुराउने छन्। त्यस् पछि पो के हुन्छ? नानु जी, म त कहालि लाग्दो नेपाल् देखि रहेछु।
Read Full Discussion Thread for this article