Posted by: chanaa_tarkaari January 31, 2007
पत्याउने कि नपत्याउने ??
Login in to Rate this Post:     0       ?        
पारसले झण्डै सिध्याएनन गिरिजालाइ by Nepal Info on Wed 31 Jan 2007 11:51 AM CET एक साता बितेछ तर घटना कहि कतै सार्वजनिक भएको छैन । गिरिजाप्रसाद कोइरालाकी भाउजु नोना बितिसकेकी छिन। यो शोकमा गिरिजा नराम्ररी डुबेका छन । त्यसभन्दा अघि पनि गिरिजा एउटा खतरनाक दुर्घटनाबाट बचेको खबर प्राप्त भएको छ । प्रधानमन्त्री कोइराला भाउजु नोनाको स्वास्थ्य स्थिति बुझन अस्पताल जादै गर्दा निर्मल निवास छेउमै झण्डै दुर्घटनामा परेनछन । प्राप्त जानकारी अनुसार गिरिजा अस्पताल जादै गर्दा बाटोमा पारसले देखेछन । निर्मल निवास छेउमै पारसले आफैले हाकेको गाडी सिधै गिरिजा चढेको गाडी अगाडि लगेर तेस्र्याएछन । पारसलाइ तीन वटा गाडीले स्कटिङ गरेको थियो गिरिजालाइ चार वटा गाडीले । पारश स्कटिङको गाडी भन्दा अगाडि बढेर गिरिजा चढेको गाडीको ठ्याक्कै अगाडि आफनो गाडी रोक्न पुगेछन अनि त्यहां एक प्रकारको आतंक नै भएछ । निर्मल निवासको छेउमा यसो गरिएपछि गिरिजाका पीए बालकृष्ण दाहालले पारसको गाडीलाइ ठक्कर दिन चालकलाइ भनेछन ठक्कर दिन नमानेपछि छुवाउनमात्र भनेछन तर चालक डराएछन । यति भैसकेपछि गिरिजा र पारशबीच केहीबेर हेराहेर भएछ । अनि पारश र गिरिजा आआफनो बाटो लागेछन । अन्तत गिरिजा बालुवाटार पुग्नासाथ ज्ञानेन्द्रलाइ फोन हानी हालेछन । अनि उनले भनेछन-तेरो छोरोले मलाई झण्डै मारेन यदि यस्तै हो भने म सेरेमोनियल राजासाजा भन्ने पक्षमा छैन । ज्ञानेन्द्रले के जवाफ दिए भन्ने चािहं थाहा पाउन सकिएन Source: http://nepalinfo.civiblog.org/blog/_archives/2007/1/31/2698110.html
Read Full Discussion Thread for this article