Posted by: sayami January 30, 2007
मनु मखु मर्स्या ख:को सँबन्धमा ...
Login in to Rate this Post:     0       ?        
नेपालमा दलित, मधिसे, जनजाती तथा महिलाको घनिभूत राजनैतिक समिकरणबाट आत्तिएका बाहुनबादीहरु नयाँ षडयन्त्रको जालो बुन्नमा ब्यस्त देखिन्छन । एकातिर शाह र राणाका दरबारहरु निर्माण गर्नका लागी आफ्नो जग्गा-जमिन खुकुरीको धारमा दिनुपर्ने काठमाडौँका रैथानेहरुलाई अत्यन्त घनी, सम्पन्न र टन्न पैसा भएका समूदायको रुपमा चित्रण गरिँदैछ भने अर्कातर्फ काठमाडौँका नेवारहरुले पनि मधेशका नेपाली दाज्युभाईहरुलाई "मर्स्या" भनेर सँबोधन गर्ने गर्छन र तराईका नेपालीहरुलाई दुर्व्यवहार गर्नेमा, हेप्नेमा र उहाँहरुको आत्मसम्मानमा ठेस पुर्याउनेहरुमा काठमाडौँका नेवारहरु एक नँबरमा आउँछन भन्ने जस्ता मिथ्या प्रचारमा लागेका छन। यीनिहरुका तर्क र मन्डले राष्ट्रबादप्रति यिनिहरुका मोहलाई हेर्ने हो भने पृथ्वी नारायणलाई यीनिहरुले किन पुज्छन सजिलै खुट्याउन सकिन्छ। पृथ्वी नारायणले काठमाडौँका रैथानेहरुका धार्नीका धार्नी नाक-कान काटनुले एकिकृत नेपालमा घिनलाग्दो सँदेश दिएको थियो । आफुलाई कडा प्रतिरोध गर्ने नेवारहुर पुन: जागेमा आफ्नो सत्ता पलट हुन्छ भन्ने डरले पृथ्वीले काठमाडौँका नेवारहरुलाई नकटो बनाएका थिए। नाक-कान काटिएकाहरु मध्ये कोही त त्यो अपमानकै पीडाले मरे होलान र कोही चोईटिएको घाउ झन बल्झेर मरे होलान । जे होस, त्यसबेलाका धेरै नकटो नेवारहरु मरिसकेका छन। तर पनि, पृथ्वी नारायणको महागल्तीको धरातलमा उभिएर आफ्नो दुनो सोझ्याउनेहरुका आँखामा भने नेवारहरु अझै नकटो छन। कुनै पर्वतेको नेवारसँग झगडा परोस त! ज्यापु-स्यापु भन्दै गाली गर्नु त छँदैछ, त्यसमाथि थपिन्छ खुच्चिङको शैलीमा "नकटो"को उपमा । पृथ्वी नारायणलाई भौगोलिक एकताकर्ता, दुरदर्शी र नेपालीको परिचय जोगाउन सक्षम राजाको रुपमा चित्रण गर्दा कुनै आपत्ती छैन, यस्तै आपत्ति पृथ्वीले एकिकरण गर्न नसक्दाको अवस्थामा अहिलेको भूगोल अन्त कतै टाँसिएकै भए पनि हामीलाई नहुन सक्छ । तर, पृथ्वी नारायणका कारण उब्जेका विशेषण, उपमा र बाहुनबादीहरुबाट प्रचलित हेपाहा शब्दले भने मन कुँडिन्छ । बाबु बाजेले भोग्नु परेको हविगत नाति-पनाती पुस्ता सम्म दोहोरिरहेको छ र सानो-तिनो विवादमा पनि प्रकट हुन्छ भने हामीले किन तुष नराख्ने? साथिहरुले भन्नुहोला, सज्जन, पढेलेखेका र बुद्धिमानहरुले यस्ता नचाहिने कुरालाई वास्ता गर्दैनन र तपाई पनि नगर्नुस भनेर । तर, नेपालको राजनिती देखि लिएर प्रहरी, प्रशासन, अड्डा-अदालत सबैतिर सज्जनै सज्जन छन, विवेकशीलहरु छन र बुद्धिमानहरु छन भनेर चाँही हामी ठोकुवा गर्न सक्दैनौँ । हो, पृथ्वीले मानसिकरुपमा नेवारहरुलाई दबाउन खोजेका थिए होलान फेरी नउठोस भनेर। तर, उनको एकबारको नाक-कान कटाईले भने काठमाडौँका नेवारहरु प्रहरी र सेनाबाट सदाका लागी त्रस्त जस्तै हुन पुगे। शायद त्यसबेला देखि चलेको हुनुपर्छ नेवारहरुका बिच प्रहरी र सेनाका मान्छेबाट अलि टाढै बस्ने चलन । तर, पृथ्वी नारायणको एकिकरणमा रमेका बाहुनबादीहरुले भने बेग्लै प्रचार गर्न थाले। क्रुरताको शिकारबाट बच्न खोज्ने नेवारहरुलाई उल्टो एकदम कातर हुन्छन, प्रहरी देख्नासाथ कोशौँ टाढा भाग्छन र लगलग काँप्छन जस्ता प्रचार जनमानसमा ब्याप्त बनाउनेहरुमा ठकुरी राजाहरुका आशिर्वादमा फलेका-फुलेका बाहुनबादीहरु नै थिए। फलस्वरुप, नेवारहरु नेपालकै काँतर, डरछेरुवा र पानीमरुवा जातीमा परिणत हुन गएका थिए र नेपाली सेनाभित्रको समावेशीताबाट टाढिन पुगेका थिए । सँबोधनमा के छ भन्नेहरुले बुझ्नु पर्छ अब- सँबोधनमा ईतिहास लुकेको हुन्छ र राज्यमा हाली-मूहाली चलाउनेहरुका भयानक मन्सुबा लुकेको हुन्छ । काठमाडौँमै जन्मेर, हुर्केर उनीहरुकै मलिलो टुँडीखेलमा कवाज खेल्ने नेपाली सेनामा सहभागी हुनबाट भने काठमाडौँबासी नै वँचित ? फैलाउ एउटा हौवा, एउटा हल्ला र वँचित गर राज्य सँचालनको प्रकृयाबाट । फैलाउ एउटा भ्रम र चलाउ आफ्नो निष्कँटक राज । हो, नेपालको बाहुनबादी राज्यस्त्तामा हाली-मूहाली चलाउनेहरुले कसरी सुनियोजित रुपमा नेपालीहरुलाई वँचित गर्ने गरेका छन भन्ने कुराको उदाहरण हो यो। जहाँसम्म नेवारहरु कातर हुन्छन, डरछेरुवा हुन्छन र पानीमरुवा हुन्छन भन्ने मिथ्या प्रचार छ-त्यसलाई त लौह पुरुष गणेशमानजी स्वयमले राणा प्रधानमन्त्री र तीन-तीन जना शाह राजाहरुलाई आच्छु-आच्छु पारेर देखाईसकेका छन । तर, बिडम्बना राणा र शाहहरुलाई पराजीत गर्न सफल गणेशमानजी आफ्नो जीवनको उत्तरार्द्धमा भने बाहुनबादी सोच र चिन्तनबाटै उल्टो पराजित हुन पुगे । दलितको छोरालाई आत्महत्या गर्न बाध्य बनाएपछि पनि राजिनामाको सुर नकस्ने नैतिकवान उप-कुलपति भै टोपलेका बाहुनबादीहरु भएको नेपालको हरेक क्षेत्रमा अहिले बाहुनबादीहरुको बोलाबाला छ। हिजो, पृथ्वी नारायणको गल्तीलाई झन-झन प्रचार गर्दै हिँडेका र नेवारहरुका मलिलो जग्गा-जमिन र चेलीबेटीमाथि आँखा गाडनेहरुले अझै आफ्नो बानी फेरेका छैनन। छलकपट र धुर्त्याँई नै सँस्कृति बनाएकाहरुले वेदका ठाँउमा समाजबाद पढे तर काठमाडौँमा जसरी हुन्छ घर-जग्गा जोडने सपनालाई भने अझै त्यागेका छैनन । पहाडको भिरालोमा कथ्याँग्रिँदै हुर्केकाहरुका लागी उपत्यकाको समथरमा रापिलो घामको आशा गर्नु ठीक होईन भनेर हामी भन्न सक्दैनौँ । नेपालीहरु गैँडा होईनन, जहाँ जन्म्यो, त्यहीँ हुर्कनु पर्ने, ट्वाईलेट गर्नु पर्ने र त्यँही मर्न । त्यसैले सब नेपालीलाई काठमाडौँमै बस्न पाउने अधिकार छ । यस्तै , हुनसक्छ कसैले काठमाडौँमै घरजम गर्ने भित्रि उद्देश्यका लागी वेद-पूराणका ठाँउमा मार्क्सबाद पढदै नेवारहरुलाई झुक्याँउदै उनिहरुका चेलीबेटी बिहे गर्ने क्रान्तिकारीता पनि देखाएका होलान । हामी यस्तो विहेलाई पनि गलत भन्न सक्दैनौँ किनभने उखानै छ, "मिँया-विवी राजी तो क्या करेगा काजी।" यो त खुबी हो,कला हो, जसले हान्यो, उस्ले जान्यो। तर, राज्यतन्त्रमै पकड जमाउनका लागी भने काठमाडौँका नेवारहरुका सँबन्धमा भने गलत प्रचार गर्नु भएन । विचरा काठमाडौँका नेवारहरु अझै नेपाली राम्रोसँग बोल्न जाँदैनन, आफ्नै लवजमा उनीहरुले बोल्दा खेरी "मधेशी" शब्द "मर्स्या" भयो होला तर काठमाडौँकै नेवारहरुले "मनुमखु मर्स्या ख:" भन्छन भनेर चाँही भन्नु हुँदैन कसैले । "अनुहार न दनुवार-पान्डव सुनुवार" भन्ने उखान मदन-कृष्ण र हरिवँशले चलाए भन्ने कुरो मैले पनि पान्डव सुनुवारको निधनका बेलैमा मात्र पढेको हुँ। पान्डव सुनुवारलाई श्रद्धान्जली ब्यक्त गर्दै प्रकट विचार, निबन्धहरु पढेपछि मात्र मैले यो कुरा थाहा पाएको थिएँ। यस्तै, जहाँसम्म "मनुमखु मर्स्या ख:" भन्ने हेपाहा उखानको प्रचलनको कुरा छ, यो मैले २०४२-४३ साल यताबाट प्रकाशित हुने गाईजात्रे पत्रिकामा पहिलो चोटी पढेको थिएँ। यदि मेरो स्मृतीले धोका नदिएको हो भने, उक्त कार्टुनमा नेपाली बोल्न नजान्ने एक नेवार महिलाको अलिक आत्तिएको चित्र थियो। एक्कासी अपरिचित अनुहारलाई देख्दा नेवारहरुले नेपाली भाषा पनि बिर्सन्छन भनेर देखाएको हो त्यो कार्टुनको माध्यमबाट। नेपाली राम्रोसँग बोल्न नजान्नेहरु नेपाली नै होइन भन्ने बाहुनबादी सोचको ध्योतक हो त्यो कार्टुन। तर, प्रकाशन पछि यिनै बाहुनबादीहरुले यस्तो हल्ला फैलाउन पुगेका छ्न कि अहिले सबैलाई नेवारहरु अत्यन्त सँकुचित र कसैसँग नमिल्ने समुदायको रुपमा चित्रित हुन पुगेको छ। एउटा नेपालीलाई अर्कोसँग जुधाउँदै आफ्नो स्वार्थ पुरा गर्ने बाहुनबादीहरु बाहेक अरु कसैको कामै हुन सक्दैन यो। मेरो घरमा सब नेवारी बोल्छन र नेवारी सँस्कारमै हुर्केको मान्छेले पनि यो उखान पहिलोपटक "भाँडभैलो" हो या "कामना"को गाईजात्रे सँस्करणमा मात्र पढेको हुँ। तसर्थ, मलाई यो उखान नेवारी समाजले मधेशका दाजुभाईहरुमाथि पूर्वाग्रह राखेर बनाएको जस्तो लाग्दैन। यस्तै, यदि हामीले त्यसबेलाको गाईजात्रे प्रहशन,नाटक, र प्यारोडीहरुलाई हेर्ने हो भने पनि त्यसबेला छल्किएको मन्डले राष्ट्रबादको प्रभावलाई धेरै हदसम्म बुझ्न सकिन्छ। शम्भूजीत बाँस्कोटाको तत्कालीन प्यारोडी सुन्नुहोला सब कुरा स्पष्ट हुन्छ। त्यसबेलाका सत्ता राजनितिमा तराईको वर्चस्व बढने थालेकाले केही गुटहरु मधेशीहरुलाई नागरिकताबाट बन्चित गर्ने अभियानमै लागेका थिए। हो, यसै मेसोको हो त्यो प्यारोडी "काला, काला, काला, काला,.........।" मन्डले राष्ट्रबादका गायक शम्भुजितले अझै आफ्नो मन्डले रुप छोडेका छैनन। त्यसैले, मन्डले राजनैतिक प्रयोजनले सिर्जित उखान नै हो "मनुमखु मर्स्या ख:" भन्ने जस्तो मलाई लाग्छ । "बाउ-दुष्ट, नेवार-ईष्ट" हुँदैन भन्ने बाहुनबादीहरुका लागी भने अहिले यो घिनलाग्दो उखान ब्रम्हास्त्र भएको छ ।मधेशी,जनजाती र दलितका बिचमा अवश्यँभावी राजनैतिक फ्रन्टमा भाँजो हाल्न बाहुनबादीहुर नेवारहरुको बदख्वाँइमा लागिसकेका छन । नेवारहरुले मधेशीहरुलाई "मर्स्या" भन्छन भन्ने प्रचार यीनिहरुले गरेका छन भने जनजातीहरुलाई चाँही अर्कै नाम दिएका छन भनेर यिनिहरु लागेका छन । जसरी हुन्छ "दमजम" एकतालाई हुन नदिने प्रयासमा लागेकाहरुले मधेशीहरुलाई अन्य विभिन्न उपायले भडकाउन सक्छन । पृथ्वी नारायणलाई एकिकरणकर्ता मान्ने बाहुनबादीहरुले मधेशीहरुकै बिचमा पनि आफ्ना गुप्तचरहरु राखेका हुनसक्छ। खाँटी कुरा के हो भने, यी बाहुनबादीहरु नेपालको प्रत्येक पार्टीमा छन। झन, काँग्रेश र एमालेमा त कुरै नगरौँ। त्यतिबैले आईसक्ने गणतनत्रलाई लागु गर्ने हिम्मत यिनिहरुमा नहुनुको पछाडी पृथ्वी नारायणको मोह हो भन्दा अन्यथा नहोला। तर, अहिले, मधेशीहरुले जब आफ्नो पाखुरा सुर्किन थाले, यिनिहरु अहिले नै गणतन्त्र घोषणा गर्ने घोषणा गर्न थालेका छन। त्यसैले, बाहुनबादी नेताहरुले घोषणाको घोषणा होईन की सिधै घोषणा गर्नु पर्यो र अनि बाहुनबादी राजनितिलाई पनि छोडनु पर्यो यदि नयाँ नेपाल बनाउने हो भने। अस्तु! Posted by S.B.Shrestha at 1/30/2007 12:31:00 AM - http://sbshrestha.blogspot.com/index.html
Read Full Discussion Thread for this article