Posted by: aardvarak January 29, 2007
के नेपाली बिषय अनिवार्य बनाउनु उपयुक्त हो ?
Login in to Rate this Post:     0       ?        
के एक भाषाले बहु जाति बहु भाषी नेपाललाई एकिकरण गर्न सक्छ? तातेको र हिँस्रक बर्तमान नेपालमा यस प्र्श्नले झनै नचाहिने जातिय बहस पनि निम्त्याउन सक्छ। तर, यथार्थमा नेपाली भाषाले नै हिमाल देखि तराई सम्मका नेपालीलाई हालसम्म जोड्नमा सबभन्दा धेरै भूमिका खेलेको छ। तर पनि किन यस राष्ट्रिय भाषामा हामी यति कमजोर? हुन त भाषामा उदारता र लचकता चाहिन्छ तर हामी ज्यादा नै "लेजि" भएम्। नेपाली भाषा बोल्दा र लेख्दा शुध्दता मा ध्यान र मिहेनेत दिनु पर्छ भनेर हामीलाई सामाजिक रुपमा सचेत गराईएन। शुध्द नेपाली केबल "बिषय" भयो कछ्या भित्रको। किन हामी इँग्लिश शुध्द बोल्न जिऊ ज्यान लगाऊछम् तर ब्याकरणका आँखामा बुध्दु देखिने नेपाली सजिलै बोल्छम? हामीले बिभिन्न बिषयमा बिद्यता प्राप्त गरेम तर किन आफ्नै भाषामा लज्जाजनक पराजय पायेम्? किन हामीले आफ्नै भाषालाई ईज्जत गर्न सकेनम्? मेरो समाधान: आफ्नो बच्चाले गळ्ति नेपाली बोल्दा सक्रिय भएर सच्याऊने॥
Read Full Discussion Thread for this article