Posted by: Nepe January 29, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
सामुहिक बहसहरुमा अक्सर अवास्तविक मतभिन्नताको भ्रम पैदा गराईदिने एउटा विषाणु छ जसलाई मैले "चरणभ्रम" वा "खण्डितचरणाभास" भन्ने नाम जुराएको छु । हुन्छ के भने दुई बहसकर्ताहरु बहस वा विषयवस्तुको भिन्न भिन्न चरण (phase) मा हुन्छन् तर त्यो कुरा उनिहरुलाई महसुस वा ज्ञान हुँदैन । अनि त के चाहियो ? दुबैको समान विचार भएका कुरामा पनि उनिहरु अलग अलग चरणको कुरा गरिरहेको हुनाले दुबैको -याङठ्याङ मिल्दैन । यस्तै false impression of disagreement यहाँ पिरेज्यू, चित्रेज्यू र राहुलज्यूको बहसमा देख्तछु है म ता । सामान्यिकरण गर्दा "ईतिहासको पुनरावलोकन" भने हुने यस बहसलाई बहसको मोटामोटी तीन चरणहरु (opening phase, running phase and concluding phase) मा भाँच्ने हो भने, चित्रेज्यू र राहुलज्यू उदघाटन चरणमा देखिनुहुन्छ भने पिरेज्यू उपसंहार चरणमा । अब विषयवस्तुको कुरा गरम्, हाम्रो वास्तविकता के हो भने अहिलेसम्म हामीलाई भयको वातावरणमा दरबारमैत्रीकृत इतिहास पियाइयिरहेको थियो । माओवादीको निर्भयी विद्रोह, राजदरवारको ह्रास र गणतन्त्रोन्मुख जनआन्दोलन - यी तीन घटनाविकासले हाम्रो सामु अभूतपूर्व भयमुक्तता र स्वतन्त्रता लेराईदिएको छ । अब राजनैतिक उद्देश्यका लागि होईन बरु नितान्त प्राज्ञिक उद्देश्यका लागि इतिहासको प्राज्ञिक पुनरावलोकन हुनैपर्छ । अर्को शब्दमा, हामी यस विषयको आरम्भिक चरणमा पो छौं त, खोतलखातल चरणमा पो छौं त । यस चरणमा स्वभावत: अनेक प्रामाणिक, अर्धप्रामाणिक, श्रुत तथ्य, अनुमानादि कच्चा पदार्थहरु अगाडि आउने नै छन् । यी सबको यथानिरुपण प्राज्ञिक क्षेत्रले यथापद्धति यथासमय गरिहाल्ने हुँदा त्यत्तिकै नयाँ अतिरंजित ईतिहास स्थापित हुने भो कि भनेर चै पीर मान्न भएन । अनुसन्धानको चरणमा त नआइपुगेको कुरो उपसंहारको चरणमै आईपुग्यो कि भनेर आँत्तिन भएन । त्यत्ति हो । सतर्कता निश्चय पनि वान्छनिय छ । किन्तु, यो प्राज्ञिक क्षेत्रको मामला हो भन्ने कुरा बिर्सन भएन । Nepe
Read Full Discussion Thread for this article