Posted by: Rahuldai January 29, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
दरबार् र तरवार् को कुनै भर हुँदैन। नेपालको दरबार् को इतिहास् सधैं रहस्यको घेरामा अल्झिएको छ। पृथ्बी नारायणलाई गाली नगरौं, यसमा म सहम्त् छु, कुनै दिन दरिलो प्रमाण भेट्टिएछ भने अर्कै कुरा हो। दरबार् भित्र घटेका र घटाइएका अनेक् हत्या काण्ड हरु सधैं पर्दा भित्र रहन्न होला। हाम्रै जीवन् कालमा भएको बिरेन्द्र को बंश नाश काण्ड पनि लिखित् रुपमा दीपेन्द्र हत्यारा नै ठहर् भो। बिबादको बिषय होला, आम नागरिकले ब्यक्त गरेको सन्देह कहिले बाहिर आउला त। मेटाउने हुने र सक्ने सम्पूर्ण प्रमाण् हरु नष्ट भैसके अब प्रमाण कै आधार् म भन्दा ज्ञाने र पारसे चोखिए। अब भन्नुस् यति झुठो बर्तमान् हामीली देख्यौं भने सयौं बर्ष अघि को घट्ना मा सन्देह न रहला त?न पोस्ट् मार्टम गरियो, न त कुनै तेस्रो पक्ष लाई लाश देखाइयो? बैज्ञानिक् अधार् भनेको नै पोस्ट् मार्टम हो। मित्र हरु यस धागो को सुरुवात् मैले नै गरेको हुं, कसैको भावना मा चोट पुर्‍याउने मेरो लक्ष थिएन। गल्ती गरेको रहेछौ, गलत् अर्थ बुझेको रहेछु भने क्षमा दिनु होला। प्रशङग बेप्रशङग उठेका केही कुरा मनन् योग्य छ नै। धेरै धेरै धन्यबाद्। यस् धागो लाई यही अन्त्य गरि दिन हुन सादर् अनुरोध् छ।
Read Full Discussion Thread for this article