Posted by: Gautam B. January 29, 2007
लोकतन्त्रको खिल्ली
Login in to Rate this Post:     0       ?        
गिरिजा पछि को र के भन्ने प्रश्न उठ्न थालेको छ कांग्रेसमा। तर यो प्रश्न उठ्ने स्थिति किन बन्यो? के एउटा आधुनिक राजनीतिक दल एउटा नेताको अवसान पछि नेतृत्वको संकटमा पर्न सक्छ? नयाँ नेतृत्वको विकास र संवर्धनलाई रोक्नालेनै यो स्थिति आएको हो। ०७ सालले जन्माएको नेतृत्वले अझै कांग्रेसको लगाम थामिरहेछ। त्यसपछिको यति लामो कालखण्डमा गिरिजाको विकल्प निस्कन सकेन? नेतृत्व प्रतिस्पर्धाबाट जन्मन्छ र 'प्रतिस्पर्धा'भन्ने कुरोलाई कांग्रेसभित्र सबैभन्दा बढी घृणा गरिन्छ। कांग्रेसको नेतृत्व कार्यक्रम/विचार को प्रतिस्पर्धाभन्दा परिवारवाद र कृपावादबाट बनेको सबैले देखेका छन्। पार्टी र भातृसंगठनहरुको केन्द्र र जिल्ला तह मात्रै हैन, त्यहाँ भन्दा तल पनि 'टिके' कमिटि बनाईन्छ। यस्तो 'टिके' परम्पराबाट गतिलो नया नेतृत्व निस्कन असम्भव जस्तै त हुनेनै भयो। स्थापना भन्दा थोरैमात्र फरक विचार राख्ने प्रतिस्पर्धी नेतृत्व जन्मिन आँट्यो भने कसरी छि:छि: दूर दूर गरिन्छ र त्यस्तो नेतृत्वलाई कलिलैमा निमोठ्न खोजिन्छ भन्ने कुरो त गगन थापालाई गरिएको ब्यबहारबाटै थाहा हुन्छ। भविष्यप्रति चिन्तित दलले त गगन थापा जस्ताको उदयलाई खुशीले हेर्नुपर्ने हो र अझ बढी अवसर दिएर परिपक्व बनाउनुपर्ने हो, किनभने, अवसरसंगै चुनौतीहरु आउँछन् र चुनौतीहरुलेनै नेतृत्वलाई परिपक्व बनाउँछन्। ***************** म कांग्रेससंग आवध्द व्यक्ति हैन, तर मलाई के लाग्छ भने नेपाललाई आधुनिक संगठन भएको, बलियो र प्रतिस्पर्धी नेपाली कांग्रेस अथबा यो जस्तै कुनै अर्को राजनीतिक/आर्थिक विचारमा मध्यमार्गी दल चाहिन्छ। तर कांग्रेस हिँडिरहेको दिशाले यो संकेत दिँदैनन्। एमालेजस्ता दलहरु दोधारमा छन्। तीनमा रहेको 'कम्युनिष्ट' ट्यागले तीनको अन्तर्राष्ट्रिय पहिचानमा धक्का दिईरहनेछन्, ट्याग छोडुन् भने 'कम्युनिष्ट' शब्दप्रति नेपालमा भने अझै रहेको आकर्षणका कारण, बाँकी कार्यकर्ता र समर्थकहरु माओवादीतिर पूरै लाग्लान् भन्ने डर। समाधान के त? मेरो विचारमा कांग्रेस-एमालेभित्रका युवा नेतृत्वले एउटा छुट्टै घोषित/अघोषित मोर्चा बनाएर संगै काम गर्ने बानी बसाल्दै जानुपर्छ। त्यो मोर्चालाई, भविष्यमा आवश्यक पर्दा एउटा छुट्टै लोकतान्त्रिक दलको रुपमा विकास गर्नुपर्छ।
Read Full Discussion Thread for this article