Posted by: Gautam B. January 29, 2007
लोकतन्त्रको खिल्ली
Login in to Rate this Post:     0       ?        
नेपाली कांग्रेस अचम्मसंग चलेको दल हो। आर्थिक मामिलामा त झन अचम्म छ। एउटा आधुनिक राजनीतिक दल यति धेरै तदर्थवादमा चल्नसक्छ भन्ने कल्पना गर्न गाह्रै हुन्छ। बेनी बहादुर कार्की जिवितै हुँदा धेरै खर्च उनले चलाउँथे रे भन्ने कुरा सुनिन्थ्यो कांग्रेसीहरुबाट। उनीमात्रै नहोलान्, कांग्रेसको नेतृत्वमा रहेका कोइराला परिवार, गणेशमान, वेनीबहादुर आदि नेपालका धनीमानी मध्ये पर्ने हुँदा परिआउँदा काम चलाउन कांग्रेसलाई गाह्रो हुँदैन होला, तर एउटा आधुनिक राजनीतिक दल चल्ने तरिका यहि हो त? यी सबै कुरा लेखिसकेपछि म के पनि दोहोराउन चाहन्छु भने, म गलत पनि हुन सक्छु। तर यी कुरा दिग्गज कांग्रेसीहरुबाटै सुनेकाले यहाँ नहिच्किचाई राखेको हुँ। ******************** सांगठनिक ढाँचाको कुरा गर्ने हो भने, कांग्रेसको स्थिति राप्रपा भन्दा पनि कमजोर छ। कांग्रेसमा नेता छन्, समर्थक छन् तर कार्यकर्ता कमै छन्। यत्तिकै भरमा पनि कांग्रेस हिजोसम्म देशको सबैभन्दा ठूलो दलको रुपमा कायम रहन सक्यो। आगामी निर्वाचनले देखाउला, भविष्यमा पनि कायम रहन सक्छ कि सक्दैन। तर जुन कारणहरुले गर्दा कांग्रेस विना कुनै गतिलो संगठन पनि ठूलो दलको रुपमा कायम रहेको थियो, ती सबै कारणहरु विस्तारै सकिँदै छन्। देशले कांग्रेसको लोकतान्त्रिक विकल्प खोज्न थालेको छ (भलै, अझै त्यो विकल्पको निर्माण नभईसकेको होस्), वामपन्थीहरु, विशेष गरी एमाले, ले जडसूत्रवादलाई त्यागेर वैचारिक रुपमा प्रजातन्त्रिक समाजवादी भईसकेका छन् र विदेशी शक्तिहरुसंग कांग्रेसजत्तिकै नजिक भईसकेका छन्, तराईमा एमाले-माओवादीले ब्यापक संगठन विस्तार गरिसकेका छन् र तराईका क्षेत्रीय दलहरु पनि धेरै बलिया भईसकेका छन्। जनआन्दोलन-२ पछिको विशिष्ट परिश्थितिमा गिरिजा कोइरालाको नेतृत्वलाई सबैले स्विकारेको तथ्यलाई कांग्रेसले भविष्यको आफ्नो अकण्टक राज्यको रुपमा लिन थालेको जस्तो छ। ०७ साल र ०४६ सालको ब्याजमा ०६२-६३ सालको सावाँ पनि मिसाएर इतिहासको पानामा सबैभन्दा बढी जस आफ्नै नाममा लेखाउने उपक्रममा कांग्रेसले भविष्यको चिन्ता गर्न छोडेको छ।
Read Full Discussion Thread for this article