Posted by: Gautam B. January 28, 2007
कबिता राहुल भाइको
Login in to Rate this Post:     0       ?        
राम्रो गजल छ राहुल दाइ। तर छूचो मुखले यति भन्दिहाल्छु (नरिसाउने भएमात्र!)! यो पहिलो शेर- ----आज फेरी तिम्रो याद आयो औंशीको रातमा चांद आयो---- मा जुन बिम्ब छ नि 'औंशीको रातको चाँद' भन्ने, यो बिम्ब अलि बढीनै प्रयोग भईसकेको पुरानो बिम्ब हो जस्तो लाग्छ। अरु केहि नया खोज्ने हो कि? छूचो मुख मेरो चिलाईहाल्छ क्या! केहि न केहि नबोली त बस्नै नहुने! *********************** मिसको कवितामा कोमलता र आशावादिता टन्न भेट्छु म। धन्यबाद छ फेरि एकचोटि पढ्ने मौका दिनुभएकोमा। *********************** विसेजीको लगनलाई मेरो सलाम छ। तर एउटा सानो सल्लाह क्या (नरिसाउनु होला); लेखेपछि टाँसिहाल्न अलि हतार नगर्नु होला, आफैंले एक-दुई पटक पढ्दा सुधार्न सकिने ठाऊँ प्रशस्त देखिन्छन्। अनि मात्रै टाँस्दा ठीक होला कि?
Read Full Discussion Thread for this article