Posted by: Birkhe_Maila January 28, 2007
नेपालि लोक गीत हरुको धागो
Login in to Rate this Post:     0       ?        
गुरुदेवजी, लोकगित को धागो को निम्ती धन्यवाद्! पूर्बेली गित को चर्चा भैराखेको रहेछ! एउटा गित सुनेको/हेरेको थिएँ मैले करिव ३ बर्ष जति पहिला " सालै ज्यू" भन्ने! सबै याद छैन तर बिचको एल लाइन याद छ। दृष्यमा एकजना गाउँका ठुलाबडा जस्ता देखिने व्यक्ती भानुभक्तको जस्तो बिर्खे टोपि लगाएर हुक्का तानिराखेका हुन्छन्। एक जना उनको भरौटे हाँस्दै हुक्का समातिराखेको हुन्छ र अगाडि चौरमा नर्तकीहरु नाचिरहेको प्लट थियो। र बिचमा कतै बोल थियो- " संगैका साथि नि हवाइजहाँज माथि सालै ज्यू सालै ज्यू म भैँसि गोठालो.." यस्तै नै अरु शब्दहरु थिए! तपाईँलाई यो गित सम्झना आयो वा तपाईँ संग छ भने कृपया टाँसिदिनु हुन्थ्यो कि?
Read Full Discussion Thread for this article