Posted by: dotpen January 27, 2007
मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
Login in to Rate this Post:     0       ?        
हाय् ..... टुक्रे वस्ताज हरु, लेख्ने भए पूरा पूरा लेख्नु नि, के टुक्रा टुक्रा लेख्या होला हँ ? ल मैले सम्झेको एउटा है त । --------------------------------------- बनेको छ पहराले यो छाति मेरो बगेको छ छहरा रगतमा मेरो पखेरोमा जन्मे, टाकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो म आगो सहन्छु, अन्याय सहन्न म तृष्णा सहन्छु, तिरस्कार सहन्न ‍घोटिएर हातपाऊ झरिजाऊ बरु ती तर कोहि अगाडि यी हात जोडिन्नन् यी हात जिडिन्नन् बनेको छ छहराले यो छाति मेरो......... ठोसेको रोटिले मेरो पेट भरिन्न मागेको धोतिले मेरो लाज छोपिन्न मेरो शिर उडाउ बरु त्यो साहन्छु तर कोहि परायाले टेके सहन्न टेके सहन्न बनेको छ पहराले यो छाति मेरो.....
Read Full Discussion Thread for this article