Posted by: chitwanethito January 27, 2007
Girija And Madhesh
Login in to Rate this Post:     0       ?        
म गिरिजा बाबु लाई मन पराउछु, तर वहाको कतिपय ब्यबहारले देशलाई भड्खालोमा जाक्ने निश्चित नै छ। उदाहरणको लागि हेरौ न, काङ्ग्रेसको केन्दृय समितिमा आफ्नै परिवारका सात आठ जना राख्नु भन्दा बरु मधेशी व दलित लाई राखेको भए कति सुहाउथ्यो? एउटै परिवारका त्यतिबिधि मान्छे किन बस्न परेको केन्द्रीय समितिमा? अहिले पनि बुढा सांसद पनि भएकै छन, किन छोरिलाई लान परेको? खै उदारता? यसरि ठुलो नेता बनिन्छ? अब शसांक कोइराला नेता बन्न आएको देख्दा हाँसो उठ्छ, पार्टीलाई उनको खाँचो रे। हेल नो, यो कोइरालाहरुलाई डाडो नकटाई त काङ्ग्रेस उभो लाग्दैन, लाग्दैन।राजाले पहिला आफ्ना परिवारकालाई श्री ५ र तलब बाँडेको जस्तो, शेखर, सुजाता, ससांक, प्रकाश, नोना, लिला,शैलजा, शुशिल, सुजाता, निरन्जन, लक्ष्मण, ए बाबा एउटा परिवारको एकजना मात्र नेता भएर नहुने? सबै नेता हुन पर्ने? अरु काँग्रेसीले मर्दा, घरबार लुटिदा पनि योगदान नमानिने, शैलजाले झण्डा देखाउदैमा त्यहि बलले आजीवन खान पाउने? यि कोइरालाहरुको सट्टा पार्टी भित्र यादव, राई आदिलाई ल्याएको भए अहिले यस्तो हुने संभावना कम थियो। बुढाले बेलैमा सोचे पार्टी, देश सबैको कल्याण हुनेथियो।
Read Full Discussion Thread for this article