Posted by: happy days January 27, 2007
bahunketo or sayami?
Login in to Rate this Post:     0       ?        
सयमिजी म तपाईंको विचारमा सहमत छैन लोकतन्त्र घोषणा गर्दैमा समस्या समाधान हुँदैन किनकी नेपालको सबै नेता को मन सफा छैन । नेतालाई कुर्शी मात्र चाँहीएकोछ । तेत्रो बलीदानले ल्याएको २०४६ सालको प्रजातन्त्र जान १२ बर्ष पनि लागेन यो दोस्रो जन आन्दोलन ले ल्याएको सत्ता जान ५ बर्ष पनि लाग्दैन । किनकी सबैको ध्यान नेपाल भन्दा पहिले को प्रधानमन्त्री र राष्ट्रपति बन्ने मा केन्दृत छ । धेरै पर नजानुस् गिरिजा बिरामी भएको वहाँनामा माधवकुमारलाई पर्धानमन्त्री चाँहीएको देखियो । राज्य सत्ता हातमा आइ सके पनि खै माओबादी को चरित्र सुदरिएको ? चन्दा ,अपहरन अझ बाकी छँदैछ । गिरिजा को अन्त्य पछी नेपाली कांग्रेस को हाल के हुन्छ अनुमान लगाउन सकिन्छ अनि राजा यो सबको पर्खाइ मा शेस्नाग जस्तो भएर हेर्दैछ । पहिले पार्टी सुरु गरेको बन्द कार्यक्रम ले अहिले पार्टी लाई नै सताएको छ । बिज्ञान को कुरागर्ने माओवादीले जाती बाद्को बिउ रोपेको तराई र पुर्बी नेपाल मा देखिदै । तेस्कारण लोकतन्त्र भन्दा पहिले राज्य एकता को आवश्यकता छ । धर्म भाषा जाती भन्दा माथि राज्य छ त्यो नेपाल हो र हामी नेपाली होउ भन्ने भाबना को बिकास नगरी लोकतन्त्र को कुरा कति सफल होला ?
Read Full Discussion Thread for this article