Posted by: Rahuldai January 27, 2007
Proof of Indian involvement in Terai
Login in to Rate this Post:     0       ?        
बाहुनकेटो ली ठीक भन्यो । नेपाली मधेसी ले कहिल्यै देश टुक्र्याउन खोज्दैन । जीवनको काल खण्डहरुमा पटक पटक तराईका यावत जिल्लाहरुमा जागिरे जीवन बिताएको छु । धेरै मधेसी नेपाली सँग सँगत गरेको छु। जहा सम्म मलाइ लाग्छ, तिनीहरुमा खोक्रो (ऋतिक् रोशन खालका) भन्दा बढी राष्ट्रबाद् छ। भारतको सीमाना छेउ मा बसेर हो कि स्पश्ट पहिचान को भोका भएकाले उनीहरुमा नेपालिपन् को ब्यापक् आस्था देखेको छु। तर अहिले को तराइ को जुन अस्थिरता छ त्यो कस्को इशारा मा भयो भन्ने कुरा त छर्लङ नै भै सक्यो। मधिसे फोरमका कथित् अध्यक्ष उपेन्द्र यादब् १ महिना अघि भारतको गोरखपुर् मा भएको हुन्दु अतिबादि संगठन् ( अशोक् सिंघल्)को कार्यक्रमको मन्च् बाट् नेपाललाइ हिन्दू अधिराज्य बनाउनु पर्छ र राजाको समर्थन गर्नु पर्छ भन्ने भाषण दिएको प्रमाण हरु स्रब्य दृश्य दुबै उपलब्धा छन । सँगै ज्ञानेका धुपौरे भरत केसारी सिंह नि पुगेका थिए । अब नि यो आगो को सलाइ खोज्न अन्त जानु पर्छ? सोझा मधिसे लाई भड्काउन सजिलो छ । अन्याय को गरीबिको कुरा अनि भाषा र संस्कृति को कुराले जस्को पनि मन छुन्छ, तेहो छोएको मनलाई आगो मा झोसेका हुन्, दरबार ले । शंका छैन । त्यसमाथि माओवादी बांदर्ले चलाएको गोली ले त झन आगोमा घिउ थपे नै । अब कम से कम यो साझा मा नेवार्, बाहुन । छेत्री, राइ, गुरुङ्ग , मगर सार्की को कुरा नगरम । कम्से कम बिदेशी भूमी बसेर त आफ्नो माटोको ग सुगन्धा लिउं । तराई को घाउमा मलम लगाउं ।
Read Full Discussion Thread for this article