Posted by: Hary in FedEx January 27, 2007
*बिस्णुवतारहरु..*
Login in to Rate this Post:     0       ?        
- एउटा कबिता *बिस्णुवतारहरु..* हामि सानोमा श्रीमान गम्भिर भन्दै राजाको दिर्घायुको कामना गर्थ्यौ ! यो देश उनको अनि सबैलाइ उनैका आफ्ना ठानथ्यौ !! यो देश अनि हाम्रानिम्ति उनि धेरै गर्नेछन..! गरिबहरुका मुहारमा खुसि छरेर!! सबैलाइ सुखि राख्नेछन् ! शिक्षाको ज्योतिले हामिलाइ निथ्रुक्क भिजायर !! योग्य मानव बनाउनेछन भन्दै..पुज्दापुज्दै ! लामो कालखण्ड बितेछ !! बुढापाकाहरु भन्थे...राजा नै हाम्रा सर्वस्व हुन् ! उनैले हामिलाइ बैतरणि तराउनेछन् !! हामि चिच्याउथ्यौ...श्री ५ को जय होस भन्दै ! प्रचन्ड गर्मिमा स्कुले पहिरनसँगै !! तर....तर बुढापाकाहरु मरे..आशैआशा सँगालेर ! हामि मर्ने भयौ मात्र भाडाका सिपाहि भनियरै !! निधारभरिलागेको अशिक्षित को दाग अनि ! केहि नजान्ने असभ्यको उपमा लियरै !! तर मैले प्रण गरिसकेको छु..जन्मभुमिको कसम खायर ! बलिदान दियेका सयौ शहिदको रगत अनि !! तिरस्क्रित पारिएका तिनका सपनाहरुको आलोपन महशुस गर्दै ! हो मैले प्रतिज्ञा गरिसकेको छु !! अनाम राजाहरुलाइ पुजेर मैले सन्तानहरुलाइसमेत! भाडाका सिपाहि बनाउनेछैन !! आमा र दिदिहरुलाइ धाइ,सुसारे अनि ! दाइभाइहरुलाइ ढोके र पाले बनायर !! फालिएको गाँस टिप्न जाने छैन ! अशिक्षित र असभ्यको खत मेट्न म युद्दको उदघोष गर्दैछु..!! म मेरा बिस्णुअवतारलाइ चुनौति दिदै ! फेरि यौटा तर अन्तिम लडाइ लडदैछु...!! हाम्रा सन्तान अनि मात्रिभुमिको भविष्यकानिम्ति ! आरपारको युद्दमा जादैछु..!! धेरै भय क्रान्ति अनि क्रान्तिका बलात्कारहरु बगे रगत अनि रगतका खोलाहरु..! म मेरा सन्तानलाइ युद्दबाट टाढा राख्न चाहन्छु !! उनिहरुले जित्नुपर्ने युद्द म आफै लडन चाहन्छु ! त्यसैले बिस्णुवतारलाइ चुनौति दिदै म बिजयको शङखनाद गर्दैछु !! श्रीमान गम्भिरको बोझ सदासदाकालागि बिसाउदैछु! ...नजिकै क्षितिजमा गणतन्त्रको लय सुन्दैछु !! रणसङग्रामतिर बढेका मेरा पाइलाहरुले म फर्कदा ! हाम्रा सन्तान अनि मात्रिभुमिका निम्ति!! "गणतन्त्र"को कोसेलि ल्याउनेछन ! त्यसपछि मेरो देशमा सबैजना बिस्णुवतार बन्नेछन !! शिक्षाको रापमा चुर्लुम्म डुबेका हाम्रा सन्ततिले ! मात्रिभुमिको मुहार फेर्नेछन..!! गणतन्त्रका बिहानिहरुमा सुखको सास फेर्नेछन ! बिस्णुवतारहरुका रक्तरन्जित इतिहास पढेर !! हाम्रो युद्दलाइ सलाम गर्नेछन ! गणतन्त्रका नौला बिहानिहरुमा जब बिकासका पालुवा लाग्नेछन त्यतिबेला बिस्णुवतारहरु आफ्नो क्रुर इतिहास सम्झेर आफैलाइ धिक्कार्नेछन् ! अनि उनिहरुपनि चिच्याउनेछन् - गणतन्त्र जिन्दाबाद !! "गणतन्त्र जिन्दाबाद " -हरि
Read Full Discussion Thread for this article