Posted by: Rahuldai January 26, 2007
BEST PRIME MINISTER
Login in to Rate this Post:     0       ?        
आफुले गर्न नसकेको हीनता बोधलाइ लुकाउन अरु लाई सत्तो सराप्ने नेपाली काइदा धेरै मा देखियो । हाम्रो देश ल यहाँ सम्म (यो दुर्गती) पुर्‍याउन नेता हरुको हात खुट्टाअ त थियो नै । त्यस बाहेक हाम्रो कुनै भूमिका थिएन भनेर पन्छिनु कहाँ सम्मा जायज हुन्छ? देश प्रती सबैको जिम्मेदारी हुन्छ । २३८ बर्ष सम्म चुसिएर कंगाल बनेको देश माधेरै चंडालहरु जन्मे । तीन को खवार्डाअरी खै हामी ले गरेको । बाउ ले घुस् खाएको पैसा ले बिदेश मा अध्ययन गर्न आउँदा कसैले सोधे? यो पैसा पाप को हो कि पसिनाको भनेर? आफुलाई पढे लेखेको , विद्वान, चरित्रवान सम्झिने ले ती फताहा भनौदा नेताको बिकल्प पनि दिनुअ सक्नु पर्‍यो नि? नेतालाइ सात जुनीको गाली परोसदै मा आफ्नो कर्तब्य निर्बाहा गरेको ठहरिंदैन । ती फताहा भनिएका, घुस्याहा पद्बी दिइएका, अनि चोर भनि औंला ठडाइएका नेताहरु पटक पटक निर्बाचित भए ब्यक्ती हरु हुन । तपाईंइको गाली ती भोट दिने तपाईंकै आफन्तजन र मान्याजनहरु प्रती पनि गाली नै भएर प्रतिध्वनित हुने छ। बिकल्प हरु मध्य बाट् उत्तम् छन्ने हो लोकतन्त्र मा, त्यो डाकाहरु माझ पाकेटमार् पनि हुन सक्छ। कि त लोकतन्त्र होइन द्रब्य शाह को लिग लिगे दौद् चाहन्छु भन्नु पर्यो, होइन भने नेता लाई मात्र गालि गर्ने बानी छोद्नुस्।
Read Full Discussion Thread for this article