Posted by: Swatantratagaamy January 26, 2007
chitthi lekhe tarika
Login in to Rate this Post:     0       ?        
Here is a sample for you आदर्णिय डयाड र मम् मिती २०७५ मंसिर २५ आईतवार सादर अनि लमपसार प्रणाम। सर्बप्रथम हजुरबा बितनु भएकोमा ज्यादै नरमाइलो लाग्यो, हजुरहरु धैर्य हुने कोशिस गर्नुहोस् खास गरी Dad लाई ,गार्‍यो भैरहेको होला। मेरो Dad बित्दा कस्तो लाग्छ, हजुरलाई पनि त्यस्तै भैरहेको होला, I feel the pain, समय अनुसार घाउँहरु पुरिने छन्। हजुरहरुको कृपाले गर्दा आजसम्म अ्मेरीकाको मोजमस्तीमै बाँचीरहेको छु। हजुरहरु पनि सकुशल हुनुहुन्छ भन्ने आशा छ साथै भगवान येशुसंग सोहीको कमना गर्दछु। कम्पुटरको जमानामा चिठी लेखन सारै झ्याउ लाग्दो रहेछ त्यसैले ढिलो भयो नरिसाउनु होला बरु डयाडले एसो गोड्गोले दाईको साइबरमा गएर नेट चलाउन सिक्नु भए हामी च्याट गर्न मिल्थ्यो, यहाँ किलिक्क दबायो त्यहाँ पुलुक्क आइपुग्छ। अस्ति डयाडले भन्नुभएको पैसा पठाउन सकिन बरु मधेशको खेती बेच्नु भए राम्रो हुने थियो र पुग्छ भने अलिकती यता पनि, कलेजलाई भेटी चडाउडा चडाउडै हातमा सुन्य लाग्छ खै खैरेको देशको हरियो पैसा देखन भनेकहिले पाइने हैन भित्र भित्रै हराउछ।यस् पालीको भाई टिका सन्नी दिदीकोमा लगाइयो। वहाले भुसतिघ्रे पल् संग बिहा गरेर एउटा घोर्ले छोरा पनि निकाली सक्नु भएको छ। दशैं भने नेपालीहरुको पार्टीमा गएको थिएँ। तपाईहरुलाई थाहै छ म नेपाल हुदै अलि अलि दाना पानी हाल्थे भनेर, त्यो दिन मेक्सीकन टेकिला अलि भएछ कि क्या हो मेरो केटीको Ex संग जगडा हुँदा अगाडीका दुई वटा दाँतनै झर्‍यो तर चिन्ता लिनु पर्ने त्यस्तो कुरा केही छैन साँढे पाँच सय डलर हालेर नक्कली दाँत लगाएको छु अब त तपाईंहरुले चपरे भनेर बोलाउनै मिल्दैन, एकदम मिलेका राम्रा दाँत भएका छन् । पढाईको बारे रामै छ, सानै देखि लागेको बानी चोरेर भए पनि पास हुँदै छु । कुनै आपत्ति लिने कुरा छैन । अनि एउटा कुरा, अर्को बर्ष बिहा गर्न त्यहाँ आउनु पर्ला जस्तो छ । एसो चाँजो पाँजो मिलाई राख नु होला बरु त्यो श्याम अंकलको छोरी सरु के गर्दै छिन ? पोइला गएकी छैनन् भने उ सगैं कुरा गर्दै गर्नुस् न है फेरी अरुले ड्याम ठोकी देलान । अनि हजुरहरुले आफ्नो स्वास्थ्याको ख्याल राखनु होला। डाक्टरले भने झै हिड्डुल साथै बारीमा गोडमेल गर्दै गर्नु होला। बारीको काक्रोको यादले मेरो आँत हरहर् भैरहेको छ, आर्को साल खान आउने छु। हस् त आजलै यति बिदा। तपाईहरुको प्यारो छोरा हुर्दन हलि ढोत्ते देबेगौडाँ
Read Full Discussion Thread for this article