Posted by: shirish January 26, 2007
लोकतन्त्रको खिल्ली
Login in to Rate this Post:     0       ?        
http://www.nepalihimal.com/2063/magh-1-15/abaran1.html गिरिजा पछि को? साढेदुई करोड जनताको तर्फबाट अन्तरिम संविधान जारी भएपछि राजनीति र सत्ताको शिखर चुम्ने गिरिजाप्रसाद कोइराला अहिले राजनीतिक इच्छाशक्तिको भरमा मात्र मुलुकको प्रधानमन्त्री पद सम्हालिरहेका छन्। ८४ वर्षीय अस्वस्थ प्रधानमन्त्रीको यो अवस्थाले स्वाभाविक रूपमा उठाउने प्रश्न हो– अब कोइराला पछि को? • किरण नेपाल र शरद के.सी. परिस्थितिमा कुनै नाटकीय परिवर्तन नभएमा १ माघमा अन्तरिम संविधान जारी भएपछि नेपाल नयाँ युगमा प्रवेश गर्नेछ। मुलुकको २४० वर्षको इतिहासमा पहिलो पटक शासनसत्ताको सञ्चालन जनता आफैँले गर्ने उक्त संविधान साढेदुई करोड जनताका तर्फबाट जारी हुनेछ। त्यसको नेतृत्व गर्ने सौभाग्यशाली प्रतिनिधि हुनेछन्, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला। सक्रिय राजनीतिमा करिब ६ दशक विताइसकेका ८४ वर्षीय वृद्ध र अस्वस्थ कोइरालालाई यो अवसरले नेपाली राजनीतिको त्यो सर्वोच्च उचाइमा पुर्‍याउने छ, जहाँभन्दा माथि जाने अर्को ठाउँ देखिँदैन। मुलुकको विशेष परिस्थिति र प्रधानमन्त्रीको यो अवस्थाले स्वाभाविक प्रश्न उठाउँछ– कोइराला पछि को? शाही शासनको अन्त्यपछि ११ वैशाख २०६३ देखि मुलुकलाई नेतृत्व दिँदै आएका प्रधानमन्त्री कोइराला अस्वस्थताका कारण अहिलेसम्म तीन–चार पटक मात्र सिंहदरबारस्थित प्रम कार्यालय पुगेका छन्। प्रधानमन्त्रीको हैसियतमा गर्ने सामान्य कामकारबाहीदेखि महवपूर्ण राजनीतिक निर्णयहरू पनि बालुवाटारमै हुन्छन्। ४ जेठको प्रतिनिधिसभाको ऐतिहासिक घोषणा, २ असारको आठ बुँदे सम्झ्ौता, २२ कात्तिकको विस्तृत सहमति र ५ मङ्सिरको बृहत् शान्ति सम्झ्ौता तथा २९ मङ्सिरको अन्तरिम संविधानको निर्माण वा तयारी बालुवाटारमै भएको हो। करिब १० महिनायता मन्त्रिपरिषदका बैठक, मन्त्री, मुख्यसचिव, आफ्नो र अन्य पार्टीका नेता, विदेशी नेता र कूटनीतिज्ञहरूसँगको छलफल, भेटघाट र परामर्श लगायतका कामकारबाही पनि प्रम निवासमै हुने गरेका छन्। बालुवाटार स्रोतका अनुसार, प्रायः सबैजसो कामकारबाहीको प्राथमिकता प्रमको स्वास्थ्यस्थितिलाई ध्यानमा राखेर निर्धारण गरिन्छ। त्यसैले अहिले सरकारले गर्नुपर्ने थुप्रै काम 'पेण्डिङ' मा छन्। मन्त्रिपरिषद्को बैठकमा पेश भएका कतिपय प्रस्तावमा समेत छलफल हुन सकिरहेका छैनन्। सुरक्षा निकायका प्रमुखहरूसँग हुने साप्ताहिक भेट आवश्यकता अनुसार मात्र हुने गरेको छ। प्रतिकूल स्वास्थ्य अवस्थामा शान्ति प्रक्रियाको धपेडीले गर्दा नेपाली काङ्ग्रेसको सभापतिको भूमिकामा कुनै सक्रियता छैन। प्रमको अस्वस्थताले सरकारको दैनिक कामकारबाही प्रभावित नहोस् भनेर प्रधानमन्त्री कार्यालयका एक उपसचिवको मुकाम निवासमै बनाइएको छ। आफू सिंहदरबारमा नबसेका कारण सरकारी सेवामा आँच पुगेको चिन्ता स्वयं प्रम कोइरालालाई पनि छ। प्रम निकट स्रोतका अनुसार, पछिल्ला दिनमा कोइरालाले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाउने गरी एकजना मन्त्री राख्नुपर्ने आवश्यकता महसूस गरेका छन्। सामान्य अवस्था हुँदो हो त, यति महवपूर्ण पदमा बसेको व्यक्तिको स्वास्थ्यस्थिति राजनीतिक विवादको विषय बन्नेथियो। तर अहिले प्रधानमन्त्रीको यो अवस्थालाई मुलुकभित्र र बाहिर सामान्य रूपले लिइएको छ। एक नेताको भनाइमा, देशलाई नेतृत्व दिने निर्विकल्प व्यक्ति भएकै कारण उनको र देशको स्वास्थ्यको बीचमा सम्झ्ौता जस्तै भएको छ। चिन्ता र चाहना स्रोतहरूका अनुसार, महवपूर्ण राजनीतिक बैठकहरूमा आफ्नो अनुपस्थितिमा हुने निर्णयले कतै कुनै अप्ठेरो आइलाग्ने त होइन भन्ने चिन्ता प्रधानमन्त्रीमा पाइन्छ। जस्तै, अन्तरिम संविधानमा नपढी हस्ताक्षर गरेका कारण संविधानसभाको चुनावमा दुई वटा मतपत्र कायम गरिएको कुरा प्रमले सञ्चारमाध्यमबाट मात्रै थाहा पाएका थिए। वार्तामा सहभागी नेताहरूले माओवादीका कतिपय असङ्गत कुराको प्रतिवाद गर्न नसकेको गुनासो कोइरालाले गर्ने गरेका छन्। राष्ट्रिय जनावर गाई नराखे धार्मिक सद्भाव भड्किन सक्ने भनेर कोइरालाले नै हस्तक्षेप गरेका थिए। ठाउँ–कुठाउँबाट आउने दबाब सामना गर्नुपर्ने बाध्यता पनि छ प्रधानमन्त्रीमा। भाञ्जी शैलजा आचार्यलाई भारतका लागि राजदूत बनाउन त्यहाँका सत्तासीन एक उच्च नेतामार्फत् भारतीय पूर्व प्रम चन्द्रशेखरले दबाब दिएको र यस्तो कुराले बेलाबखत आफूले निकै अप्ठेरो महसूस गर्ने गरेको उनले आफ्ना निकटस्थहरूलाई सुनाउने गरेका छन्। नेपालगञ्जमा जस्तै साम्प्रदायिक सद्भाव विगारेर संविधानसभा समयमा हुन नदिने, सङ्क्रमणकाल लम्व्याउने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयत्न हुनसक्ने आशङ्का पनि प्रमलाई छ। कठिन अवस्थामा समेत नेपालको शासनसत्ता र शक्तिकेन्द्रहरूको नाडी छामेका कोइरालामा कतै आफ्नो कार्यकालमा भयरहित ढङ्गले संविधानसभाको चुनाव गराउने अठोट पूरा नहुने हो कि भन्ने चिन्ता पाइन्छ। उनका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार डा. सुरेश चालिसे भन्छन्, “आफू धेरै समयको पाहुना होइन भन्ने उहाँलाई थाह छ। त्यसैले आफ्नै कार्यकालमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन आतुर हुनुहुन्छ।” प्रमको त्यस्तो चिन्ता ५ मङ्सिरमा सम्पन्न शान्ति सम्झ्ौता जारी गर्दा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि व्यक्त भएको थियो, “अब मेरो एकमात्र उद्देश्य छ, जेठमा संविधानसभाको निर्वाचन गराउने। ढिलो हुँदा के थाहा... भूत पो हुने हो कि...!” बिग्रिँदो स्वास्थ्य र ढल्किँदो उमेरले गर्दा आफूलाई सूचना र सल्लाह दिनसक्ने व्यक्तिहरूसँग भेटघाट गर्न रुचाउने प्रधानमन्त्रीले त्यसलाई निरन्तरता दिन सकिरहेका छैनन्। जबकि सम्भवतः दलभित्र र बाहिर सबैभन्दा बढी 'आफ्ना' बनाएका नेताहरूमा पर्छन् उनी। आफूलाई लागेको विषयमा सल्लाह लिन वा बहस गर्न उनले पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय, एमाले नेता भरतमोहन अधिकारी, पर्यटन व्यवसायी कर्ण शाक्य, वरिष्ठ अधिवक्ता गणेशराज शर्मा र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायत पुराना प्रशासकहरूलाई भेट्न रुचाउँछन्। तर पछिल्लो समयमा कोइरालाका यस्ता भेटघाट लगभग बन्द भएको उनका निकटवर्तीहरू बताउँछन्। अहिले कोइरालालाई बाहिरको वस्तुस्थितिका बारेमा 'अपडेट' गराउने काम गृहमन्त्री कृष्णप्रसाद सिटौला, छोरी सुजाता र भतिजा डा. शेखरले गर्दै आएका छन्। कुनै पनि पत्रपत्रिका नपढ्ने प्रधानमन्त्रीलाई सहयोगीहरूले बिहान बेलुकी त्यसदिनका पत्रपत्रिकाहरूको विषयवस्तु सुनाउने गर्छन्। यद्यपि बिहान–बेलुकी साढे ६ बजे एफएमको समाचार र बेलुकी सात बजेको टेलिभिजन समाचार हेरेर आफैँ 'अपडेट' हुन चाहिँ कोइरालाले छोडेका छैनन्। उनले अन्य काम चाहिँ कामको प्रकृति अनुसार राजनीतिक सहयोगीलाई जिम्मेवारी दिने र अन्तिममा मात्र आफूले हेर्ने गरेका छन्। अस्वस्थता र बढ्दो जटिल जिम्मेवारी हेर्दा लाग्छ कोइराला आफ्नो ज्यान फालेर यो सब काम गरिरहेका छन्। निजी चिकित्सक डा. मधु घिमिरे पनि भन्छन्, “स्वास्थ्यलाई प्राथमिकता दिएको भए कोइराला प्रधानमन्त्री नहुनुपर्ने थियो, जीउ त्यागेकै हो।” कोइरालापछि को? यस्तो प्रतिकूल परिस्थितिमा पनि अन्तरिम संविधान जारी भएपछि बन्ने अन्तरिम सरकारको नेतृत्व पुनः कोइरालाले गर्ने करिब निश्चित छ। माओवादीले पनि अन्तरिम सरकारको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्ने बताइसकेको छ। नेका प्रजातान्त्रिक त्यसको विपक्षमा उभिने अवस्था छैन। महामन्त्री विमलेन्द्र निधिको भनाइमा गिरिजाप्रसाद कोइरालाले इच्छा राखेसम्म सरकारको नेतृत्व कोइरालाले नै गर्नेछन्। स्रोतका अनुसार, एमाले महासचिव माधवकुमार नेपालले प्रधानमन्त्रीसँगको भेटमा आफूले 'पहिले जस्तो खाली चेकमा हस्ताक्षर नगर्ने' बताएका छन्। तर, एमाले नेताको त्यो धारणाले प्रधानमन्त्रीलाई सन्तुलनमा राख्ने वा वार्गेनिङ पावर बढाउने सिवाय नेतृत्व नै परिवर्तन गर्नेसम्मको उद्देश्य राखेको विश्वास धेरैलाई लाग्दैन। तर, यति हुँदाहुँदै पनि कोइरालाको इच्छाशक्तिले मात्रै धेरै दिन अघि जान सम्भव हुन्न। स्वास्थ्य र उमेरको दृष्टिले ढिलो–चाँडो प्रधानमन्त्रीको विकल्प भने खोज्ने दिन आउने निश्चित छ। त्यसबेला कोइरालाको उत्तराधिकारी को होला? उनको अनुपस्थितिमा जारी शान्ति प्रक्रिया, देश भित्र र बाहिरका शक्तिबीचको सन्तुलन निरन्तर राख्नमा उनको अनुपस्थितिको कस्तो प्रभाव पर्ला? अप्रकट रहने गरेका यस्ता जिज्ञासाहरू अब प्रकट हुन थालेका छन्। विद्रोही शक्तिको सत्तारोहण, राजसंस्थाको भविष्य जोडिएको शान्ति प्रक्रियालगायतका कारण खासगरी अन्तर्राष्ट्रिय समुदायले यो मामिलालाई निकै गम्भीर रूपमा लिएको पाइन्छ। प्रधानमन्त्रीका सल्लाहकार डा. सुरेश चालिसेका अनुसार, त्यसैले पनि विदेशी कूटनीतिज्ञहरूले भेट्दा प्रधानमन्त्रीको स्वास्थ्य लाभ, दीर्घायु र शान्ति प्रक्रियामा सफलताको कामना गर्ने गरेका छन्। विकल्प खोज्नुपर्ने अवस्थामा के कोइराला जस्तो व्यक्ति सर्वसम्मत रूपमा चयन गर्न सक्लान् माओवादी सहितका आठदलले? कोइरालाको विकल्प खोज्नुपर्ने अवस्था आउँदा गलत तत्वले अस्तव्यस्त पार्न, अन्यौल फैलाउन र फाइदा उठाउन खोज्ने सम्भावना देखेका छन्, एमाले महासचिव माधवकुमार नेपालले। “तर, त्यसको सामना गर्नुको विकल्प छैन। विगतमा पनि हामीले निकै प्रतिकूलतालाई पनि अनुकूलतामा बदलेका छौँ”, उनको दृढता छ। कोइरालाको अनुपस्थितिको बारेमा नसोचेको बताउने नेका प्रजातान्त्रिकका महामन्त्री विमलेन्द्र निधिको धारणा पनि महासचिव नेपालभन्दा भिन्न छैन। भन्छन्, “तत्काल आइपर्ने अप्ठेरो, आपत–विपद र आवश्यकता पूर्ति गर्न पार्टीहरू सक्षम छन्।” को हुनसक्ला कोइरालाको उत्तराधिकारी? नयाँ नेतृत्व राष्ट्रिय व्यक्तित्व भएको, देश हाँक्न सक्ने दृष्टिकोण भएको, अनुभवी, सबैलाई मिलाएर लान सक्ने हुनुपर्ने धारणा राख्ने महासचिव नेपाल त्यो विकल्प दिन आफ्नो दल तयार रहेको बताउँछन्। एमालेले त्यो मौका पाएमा महासचिव नेपालले त्यो अवसर पाउन सक्छन्। माओवादी अध्यक्ष प्रचण्डको चर्चा पनि चल्ने गरेको छ। धेरैलाई उनीहरू तत्कालै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट स्वीकार्य हुने विश्वास छैन। लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गरे पनि माओवादीप्रतिको जनसमर्थन र उसको लोकप्रियताको मापन हुन बाँकी छ। आफ्नो दललाई यथास्थिति र उग्रताको विपक्षमा उभ्याउँदै आएको बताउँदै महासचिव नेपाल आफ्नो दलको सान्दर्भिकता यसरी प्रस्तुत गर्न खोज्छन्, “हामी विश्व परिस्थिति र राष्ट्रिय हितको तालमेल मिलाएर जान्छौँ।” नेता निधि भने आफूले माओवादी बाहेक सबै दललाई प्रजातन्त्रवादी माने पनि विदेशीहरूले नमान्ने बताउँदै माओवादी त के एमाले पनि अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य नहुने देखेका छन्। “भोट, प्रतिस्पर्धा, खुला बजार, राजतन्त्र सबै स्वीकार गरेर कम्युनिज्म त्याग्दा पनि विदेशीहरूले पत्याउँदैनन्”, निधि भन्छन्, “विगतमा अनुकूल अवसर हुँदा पनि वामपन्थीहरूलाई प्रधानमन्त्री बन्न दिइएको छैन। एमालेको नौ महिने शासन टिक्न नदिनु नै एउटा प्रमाण हो। किनकि राष्ट्रिय र अन्तर्राष्ट्रिय समाजले नेपालमा कम्युनिष्ट प्रधानमन्त्री चाहँदैनन्।” प्रमका अर्का दावेदार पूर्व प्रधानमन्त्री भइसकेका नेका प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा हुनेछन्। अन्तर्राष्ट्रिय समुदायको साथ र समर्थन उनको सबल पक्ष हुनसक्छ। उनीमाथि लाग्दै आएको 'प्रजातन्त्र दरबारमा बुझ्ाएको' आरोप देउवाको कमजोर पक्ष हो। माओवादी लगायतका शक्तिले त्यो निहुँमा अवरोध खडा गर्न सक्छन्। त्यसको प्रतिवाद गर्दै महामन्त्री निधि भन्छन्, “त्यो भ्रमबाट माओवादी मुक्त भइसके। उनीहरूले पनि विगतमा राजा वीरेन्द्रलाई प्रयोग गर्न खोजेकै हुन्।” कोइरालाको दल नेकाबाट भने उपसभापति सुशील कोइराला र महामन्त्री रामचन्द्र पौडेल दाबेदार हुनसक्छन्। नेका अन्तरिम संसदको ठूलो दल पनि हो। तर, उनीहरू दुवैले महासचिव नेपाल र नेका प्रजातान्त्रिकका सभापति देउवाको जति राजनीतिक उचाइ बनाइसकेका छैनन्। उनीहरूको दाबी वजनदार हुने प्रमुख कारण भनेको प्रम कोइरालाको व्यक्तिगत र दलीय विरासत हो। उमेर, राजनीतिक अनुभव, दलीय विश्वास, वरिष्ठता, विश्वसनीयता, सक्रियता र प्रजातन्त्रप्रतिको प्रतिबद्धता लगायतका हिसाबले कोइरालाको विकल्प भेट्न नसकिने बताउने प्रमका सल्लाहकार चालिसे “अन्तर्राष्ट्रिय विश्वसनीयता र प्रजातन्त्रप्रतिको प्रतिबद्धताले गर्दा कोइरालाको विकल्प नेकाकै नेता हुने” बताउँछन्। दुई काङ्ग्रेस एक भएमा चाहिँ देउवा, कोइराला वा पौडेलबीचको सम्मति बलियो बन्न सक्छ। किनकि नेकपा एमाले र माओवादीबीच एकता नहुँदाको अवस्थामा त्यो दल नै ठूलो दल हुनेछ। यति हुँदा पनि अन्तर्राष्ट्रिय समुदायको चासोले निर्णायक भूमिका निर्वाह गरेन भने संसदभित्रका दुई प्रमुख दल नेकपा एमाले र नेकपा माओवादीको आपसी सम्बन्ध नै उत्तराधिकारी चयनमा निर्णायक बन्न सक्छ। तर यस्तो अवस्थामा कतै विगतमा झ्ैँ प्रधानमन्त्री बन्न दलहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने त होइन भन्ने चासो पनि पाइन्छ। एमाले महासचिव नेपाल भन्छन्, “नेतृत्वको लागि आठदलबीच बहस र छलफल होला, तर साझ्ा सहमति हुनैपर्छ र हुन्छ पनि।”
Read Full Discussion Thread for this article