Posted by: Nepe January 26, 2007
लोकतन्त्रको खिल्ली
Login in to Rate this Post:     0       ?        
जब आन्तरिक लोकतन्त्रको कुरा आउँछ, नेपालको विचित्र विडम्बना के हो भने स्वनामधन्य प्रजातन्त्रवादी नेपाली कंग्रेसमा भन्दा प्रजातन्त्रप्रतिको प्रतिवद्धतामा शंका गरिएका राप्रपा वा अप्रजातन्त्रवादी ठानिएका वाम दलहरुमा यो जिनिस सापेक्षिक रुपमा अधिक छ । नेपाली कंग्रेसको आन्तरिक लोकतन्त्रको स्तर राणाकालको नेपालको स्तरमा छ । नेपाली कंग्रेसभित्र २००७ साल (ईस्वी होईन, वि.स.) आउनै बाँकी छ, २०४७ र २०६२ को कुरै नगरौं । तर म नेपाली कंग्रेसको आन्तरिक राजपरिवारलाई दोष दिन्न । दोष त त्यहाका निरिह भारदारहरुलाई जान्छ । नेताहरुलाई नै निरिह भारदार हुन मञ्जुर छ भने बादशाह बादशाह हुने नै भयो । *** *** *** *** नेपाली कंग्रेसमा आत्महत्या स्तरको र अन्य दलहरुमा तैबिसेक तर अझै निराशाजनक स्थितिको आन्तरिक लोकतन्त्र जो छ त्यसले हामीले प्राप्त गरेको राष्ट्रिय लोकतन्त्रको घाँटी संविधान सभाको चुनावमै निमोठ्ने कहालीलाग्दो संभावना म स्पष्ट देखिरहेको छु । सबैले र अझ खास गरेर अहिले चलिरहेको मधेसी आन्दोलनले माँगिरहेको एउटा प्रमुख माँग हो - समानुपातिक (शुद्ध देखि मिश्रित सम्मको ) निर्वाचन प्रणाली । आन्तरिक लोकतन्त्र बिनाको समानुपातिक निर्वाचन भनेको दल/समुह का नाईकेले टुँडिखेलमा खसी छाने झै सभासद छान्ने प्रणाली हो । त्यसैले आन्तरिक लोकतन्त्र विधीवत् स्थापना गर्ने कानुन तत्काल नबनाउने हो भने (बन्ला जस्तो छाँट देखिन्न, कसैले कुरा सम्म पनि उठाएका देखिन्न अहिलेसम्म !) पुरानै प्रजातन्त्रकालको भन्दा पनि झुर प्रजातन्त्र देख्नेछौं हामीले । लोकतन्त्र होईन किनबेचतन्त्र आउँदैछ । त्यसैले आन्तरिक लोकतन्त्र नेताहरुको कृपामा छाड्ने होईन तत्काल कानुन बनाएर बलपूर्वक लादन जरुरी छ । नत्र त राजावादीहरुले पनि गिज्याउने गाईजात्रे लोकतन्त्रलाई आउदैछ । Nepe
Read Full Discussion Thread for this article