Posted by: Gautam B. January 26, 2007
लोकतन्त्रको खिल्ली
Login in to Rate this Post:     0       ?        
धन्यवाद शिरिषजी, यो लेख यहाँ राखिदिनुभएकोमा। लेखले यथार्थलाई एकदम छर्लङ्ग पारेको छ। नेपाली कांग्रेस र त्यो लोग्नेमा केहि फरक छैन, जो बाहिर नारी स्वतन्त्रताको भाषण ठोक्छ र घरभित्र पस्नासाथ स्वास्नमी कुट्न थाल्छ। नेपालको 'लोकतन्त्र' आजसम्म सफल हुन नसक्नुको एक प्रमुख कारण नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्रको अभाव हुनु पनि हो। यस्तो लाग्छ, नेपाली कांग्रेस एक थरि राजतन्त्र हटाएर अर्को थरि राजतन्त्र लाद्न चाहन्छ। तर पार्टीभित्र नीरिहहरुको जमात किन यति ठूलो? कांग्रेसको लोकतान्त्रिकरणको आवाज किन सशक्त ढंगले उठ्दैन कांग्रेसभित्रैबाट? अचम्म लाग्छ!
Read Full Discussion Thread for this article