Posted by: shirish January 25, 2007
लोकतन्त्रको खिल्ली
Login in to Rate this Post:     0       ?        
from kantipuronline.com बलराम बानिया“ स्थान ः प्रधानमन्त्री निवास बालुवाटारको पण्डाल । समय ः मंगलबार अपराह्न । पण्डालमा प्रतीक्षारत छन् कांग्रेसका नया“ र पुराना सांसद । भित्रबाट सभापति, उपसभापति र महामन्त्री निस्केर पण्डालको अग्रस्थानमा बसे । पार्ट कामु मुख्यसचिव शोभाकर पराजुलीले एकाएक संसदीय दलको बैठकले गिरिजाप्रसादलाई दलको नेतामा र्सवसम्मतिले निर्वाचित गरेको व्यहोरा पढेर सुनाए । पुराना सांसदले र्समर्थनमा ताली बजाए, दलको नेता चुन्न आफ्नो कस्तो भूमिका होला भनेर कौतुहलतासाथ बसेका नया“ सांसद अलमलमा परे । दलका सदस्यहरूलाई नै थाहा भएन, आफूले विधानतः चुन्नुपर्ने नेता कसले चुनेको हो - धन्न पराजुलीको मुखारबिन्दबाट यतिमात्र थाहा भयो- कोठामा ५/६ जना बसेर कोइरालालाई नेता चुन्दा सुशील कोइराला र रामचन्द्र पौडेल प्रस्तावक र र्समर्थक बसेका रहेछन् । कांग्रेसमा आन्तरिक लोकतन्त्रको स्थिति कति नाजुक छ, यो बैठक नै काफी हुन्छ । कांग्रेसमा यस्तो हुनु कुनै नौलो घटना थिएन र त विधान, विधि र संसदीय परम्पराको यतिविधि खिल्ली उड्दा पनि कुनै पनि सदस्यको मुन कु“डिएन । कोठे बैठकबाट ८५ जनाको अधिकार अपहरण हु“दा पनि कसैले प्रश्न उठाएन । कांग्रेसमा कोइरालालाई चुनौती दिन सक्ने कुनै नेता छैनन् । शान्ति वार्तालाई तार्किक निष्कर्षा पुर्‍याएर संविधानसभा सफल पार्न उनको विकल्प देखिएको छैन । मुलुकले विकल्प नदेखेको नेताको कांग्रेसले विकल्प देख्ने कुरै थिएन । लोकतान्त्रिक विधिको पालना गरेको भए पनि उनी नै नेता हुने थिए । कांग्रेसमा लोकतन्त्रको उपहास भएको यो पहिलो घटना होइन । केही दिनअघि उपसभापतिलगायतका पदाधिकारीले समेत पार्टि १० सांसद चयन भएको निर्णय सञ्चारमाध्यमबाट थाहा पाए । केन्द्रीय र संसदीय समितिका सदस्यहरू आफूहरूले विधिवत् बैठक बसेर चयन गर्नुपर्ने १० सदस्य सभापतिको एकल निर्णय बाट अकस्मात घोषणा भएको सुन्दा अवाकमात्र भएनन्, स्तब्धसमेत भए तर र्सार्वजनिकरूपमा कोही पनि विरोधमा उभिएनन् । जबकि विधानमा पार्टि उम्मेदवार तय गर्न संसदीय समितिले सिफारिस गर्ने र त्यसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ । सभापतिले विधान लत्याउ“दा पनि पार्टर्ीी कुनै तरंग पैदा भएन । ६० वर्षेखि निरन्तर लोकतन्त्रका लागि लडेका कोइरालामा प्रजातान्त्रिक संस्कार र आचरण छैन, जुन कुरा उनका व्यवहारबाट पटकपटक देखिइसकेको छ । नरहरि आचार्य र अर्जुननरसिंह केसीले मात्र झिनो स्वरमा विरोध गर्ने साहस गरे, तर त्यो कोइराला र अरू नेताको कानसम्म नपुगेकैले होला दलको नेता चयन गर्दा पनि विधिको त्यसरी नै खिल्ली उडाइयो । तानाशाहले पनि विधि पुर्‍याएको नाटक गर्छन् तर कांग्रेसमा त्यस्तो नाटक मञ्चन गर्ने आवश्यकतासमेत ठानिएन । को-को सांसद छानिए, त्यो महत्त्वपुर्ण होइन, छनोटमा न्यूनतम लोकतान्त्रिक पद्धति अपनाइयो कि अपनाइएन, त्यो महत्त्वपुर्ण सवाल हो । कांग्रेसमा कार्यसमितिको औपचारिक बैठक नबसेको पनि सात महिना भइसकेको छ, जबकि विधानतः महिनाको एकपटक अनिवार्यरूपमा बैठक बस्नर्ुपर्छ । सभापतिले बेला-बेलामा बोलाउने अनौपचारिक बैठकमा पनि ६/७ जनालाई मात्र बोलाउने गरिएकाले बा“की सदस्य मन कुडाएर बसिरहेका छन्, कसैले मुख फोर्न सकेको छैन । महाधिवेशन भएको डेढ वर्षभइसक्ता पनि न त महासमिति बैठक बोलाइएको छ, न केन्द्रीय विभागहरूलाई पर्ूण्ाता दिइएको छ । पार्टर्ीी्रवक्ता पद महिनौंदेखि रिक्त छ । राजतन्त्रबारेमा नीतिगत निर्ण्र्ाागर्न महासमिति या विशेष महाधिवेशन बोलाउन जिल्ला सभापतिहरूले दबाब दिएको पनि लामो समय भइसकेको छ । संविधानसभा चुनावको प्रचार सुरु हुने बेला भइसक्तासमेत कांग्रेस राजतन्त्रको सवालमा अनिर्ण्र्ााो बन्दी छ । महाधिवेशनले पार्टर्ीीाजतन्त्र निरपेक्ष हुने निर्ण्र्ाागरे पनि गणतन्त्रमा जाने या नजाने भन्ने सवालमा कुनै निर्ण्र्ाानगरेकाले नेता तथा कार्यकर्ता जनतामा के नीति लिएर जाने भन्ने अन्योलमा छन् । कोइरालाले कहिल्यै विधिको सम्मान गरेनन् । अब ८४ वर्षो उमेरमा उनले सम्मान गर्लान् भनेर कल्पना गर्नु पनि मर्ूखता हुन्छ, तर उनको विरासत थाम्ने सपना सा“चिरहेका सुशील, सुजाता हुन् या रामचन्द्र, उनीहरूलाई त विधि र पद्धतिको चिन्ता हुनुपर्ने हो, त्यो पनि देखिएन । लोकतान्त्रिक आन्दोलनको सबभन्दा लामो समय नेतृत्व गरेको पार्टर्ीी आन्तरिक प्रजातन्त्रको अभ्यासलाई चुस्त बनाएर अरूलाई समेत प्रेरित गर्नुपर्ने हो । तर उसकै उल्टो व्यवहार हु“दा प्रतिगामीमात्र भित्रभित्र दंग परेका होलान् ।
Read Full Discussion Thread for this article