Posted by: haaude January 25, 2007
Melamchi Drinking water Project of Nepal
Login in to Rate this Post:     0       ?        
मेलम्ची टोली आइपुग्यो काठमाडौं, माघ १० - मेलम्ची खानेपानी आयोजनाको मुुख्य दाता एसियाली विकास बैंक -एडीबी) को नेतृत्वमा उच्चस्तरीय टोली बुुधबार काठमाडौं आएको छ । टोलीले आयोजनाबारे एक साता अध्ययन गरी मनिलास्थित एडीबी मुुख्यालयलाई निर्ण्र्ााा लागि सिफारिस गर्नेछ । टोलीले अर्थ, भौतिक योजना तथा निर्माण मन्त्रालय, खानेपानी संस्थान र आयोजना सम्बद्ध पदाधिकारीस“ग छलफल गर्ने कार्यक्रम छ । टोलीले उपत्यकाको खानेपानी निजी क्ष्ँेत्रलाई हस्तान्तरण प्रक्रियामा भएका प्रगति, समयबद्ध कार्ययोजना, आयोजनाको भौतिक तथा वित्तीय पुर्ुनर्संरचनाबारे भइरहेको पछिल्लो प्रगतिबारे छलफल गर्ने स्रँेतले बतायो । टोलीको मुुख्य एजेन्डा उपत्यकाबाट खानेपानी संस्थानलाई विस्थापन गरी त्यसको ठाउ“मा विदेशी कम्पनी ल्याउन सरकारले गरेको तयारी हो । एकल प्रस्ताव परेको बे लायतको विवादास्पद कम्पनी सेभेन ट्रेन्टले यहा“को खानेपानी वितरणको जिम्मा पाउने लगभग निश्चित छ । सरकारले ऐन संशोधन गरी संस्थानलाई उपत्यकाको जिम्मेवारीबाट विमुुख गराउन लागेको छ भने संस्थानका कर्मचारी त्यसविरुद्ध आन्दोलनरत छन् । सभामुुखबाट प्रमाणीकरण गर्न बा“की उक्त ऐन फिर्ता नलिने सरकारको अडान छ । विदेशी कम्पनीलाई जिम्मेवारी हस्तान्तरण गरेपछि मात्र मेलम्चीदेखि सुुन्दरीजलसम्मको करिब २७ किलोमिटर सुुरुङ खन्ने ठेक्का दिन पाउने एडीबीको र्सत छ । टोलीको अर्को मुुख्य एजेन्डा आयोजनाको समयबद्ध कार्ययोजना हो । सन् २००६ मा पूरा हुुने भनिएको यो आयोजना सन् २०१२ मा पनि पूरा नहुुने स्थिति छ । समयस“गै लागत बढ्दै गएको छ । स्रँेतअनुुसार टोलीले आयोजनालाई नपुुग रकमबारे सरकारस“ग छलफल गर्ने कार्यक्रम छ । यसको अनुुमानित लागत करिब ४६ करोड अमेरिकी डलर छ । मेलम्ची दे शमा सञ्चालित सबैभन्दा धेरै रकम खर्च हुुने आयोजना हो । एडीबीले अपुुग रकमबारे अहिलेसम्म केही बताएको छैन । आयोजनालाई हाल करिब ८ करोड अमेरिकी डलर अपुुग छ । गत माघ १९ को शाही कदमलाई कारण देखाउ“दै आयोजनाका अन्य दाता नर्वे र स्विडेनले ५ करोड ३० लाख अमेरिकी डलर बराबरको सहायता रद्द गरेका थिए । यो रकम करिब १० करोड अमेरिकी डलर बराबरको लागत पर्ने सुुरुङमा खर्च गर्ने योजना थियो । त्यसबाहेक आयोजनालाई ३ करोड ७० लाख डलर पहिले नै अपुग छ । सरकारले आयोजनालाई रकम अपुुग भएपछि यसको भौतिक पुर्ुनर्संरचनाको तयारी गरेको छ । http://ekantipur.com/
Read Full Discussion Thread for this article