Posted by: Niras January 25, 2007
गजल
Login in to Rate this Post:     0       ?        
आफैले नै भाग्य आफ्नो केरि बसें उदासिमा छलि रह्यो नियतिले हेरि बसें उदासिमा । आफैलाई मार्ला भन्ने थाहा नपाई बिहोसिमा मन्ध विष पनि छरि बसें उदासिमा । लखेटी दियो भाग्यले नै मेरा सुख र खुसी बाँकि रह्यो दुख पिडा, घेरि बसें उदासिमा । दायाँ देख्छु, बांयाँ देख्छु, कति दुखि संसरका म जस्तै नै तिमी देख्दा खेरि बसें उदासिमा । पाउँला भन्ने आश थियो तिमी नै सधैंभरि छाडि गयौ तिमीले नै फेरि बसें उदासिमा । प्रतिकृया पाए राम्रो गर्न सक्थे कि?
Read Full Discussion Thread for this article