Posted by: ritthe_jasus January 23, 2007
Security threat..
Login in to Rate this Post:     0       ?        
भाई राजा साथी, हाम्रो पर्मेन्द्र साथी को वेब साईट हेर्दै थिएं, एउटा article हो कि कबिता याद भएन, त्यस्मा एक किसिम को प्रश्न जस्तै सोधिएको थियो कि सारा तराई लाई एउटै भाषा म एकिक्रीत् गर्न हिन्दी भाषा किन प्रयोग नगर्ने भनेर । के हाम्रो तराई भाषा मा यती कम्जोर छ र कि एक् आपस् मा बोल्न बिदेशी भाषा लाई प्रयोग गर्न परोस्? यदि आबश्यक्ता नै छ भने नेपाली किन प्रयोग नगर्ने? के नेपाली प्रयोग गर्दा तराई को अपमान हुन्छ र हिन्दी प्रयोग गर्दा सम्मान ? कुनै पनि भाषा जान्नु नराम्रो कुरा हैन तर त्यो भाषा नै भारतीय ले नेपाली लाई हेप्नु र नेपाली नेपाली मा फुट हुनु को कारण को भने अबश्य नराम्रो हो ।हाम्रो पर्मेन्द्र साथी को लेख हरु पढ्दा साह्रै हांसो उठ्यो उहां लाई पहाडीया हरुले तराई बासिहरु लाई साह्रै हेप्छ भन्ने परेको रहेछ । म होइन पनि भन्दिन, तर सबै ले नै हेप्छ भन्ने पनि मान्दिन । यदि मनमा नै बैर भाब छ भने राम्रो गरेको पनि नराम्रो नै देखिन्छ । जस्तै म एउटा उदाहरण दिन्छु, हामी साथी भाई बोल्दा तं धेरै प्रयोग गर्छौं, तर यदि बुझ्नेले हेपेको सम्झिन्छ भने हेपेको जस्तै नै सुनिन्छ भने आत्मियता खोज्ने ले आत्मियतानै पाउंछ । भगवान बुद्ध ले भनेकोनै छ कसैले गाली गर्छ र तपाईं को मन ले सुइकार्छ भने तपाईं लाई रिस् उठ्छ, खोट् तपाईं को मन म नै छैन भने रिस् कहिले पनि उठ्दैन ।
Read Full Discussion Thread for this article