Posted by: chanaa_tarkaari January 22, 2007
Melamchi Drinking water Project of Nepal
Login in to Rate this Post:     0       ?        
थाहा नभएको कुरामा किन जान्ने पल्टिने ? खानेपानी बिभाग र खानेपानी संस्थानको फरक छुट्याउन नसक्नेले पानी राजनीतिको आगोमा घ्यू थप्ने ? कच्चा बैद्यको मात्रा यमपुरीको यात्रा भनेको यहि हो । नेपाल बिग्रेको यस्तैले गरेर त हो । यी हेर्नुस न, ल क्याम्पसमा बि एल पढेका गोपाल चिन्तन जलश्रोत, खानेपानी, उर्जा बिशेषज्ञ रे । अनि जलश्रोत, उर्जा लगायतका बिषयहरुमै संसारकै नामुद युनिभर्सिटिबाट मास्टर्स, पिएचडि गरेका नेपालीहरु भने काम नपाएर बिदेश पलायन अथवा देशभित्रै घरजग्गा दलालि गर्दै बस्याछन । पत्रकार र मिडिया पनि यस्तै हावादारी हल्लावाजकै पछाडि कुद्छन । अनि सहि र कामलाग्ने कुरा कसरी थाहा हुन्छ? मैले सुनेको यो अहिलेको खानेपानी लफडामा पनि यहि चिन्तन गूटका मान्छेहरुले दम हाल्दैछन रे पछाडिबाट । हो कि होइन भगवान जाने ।
Read Full Discussion Thread for this article