Posted by: chitwanethito January 21, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
के गर्ने न्युट्रलजि, १। माओबादिले नउस्काएको भए कहा गोइत हुन्थे र? ज्वाला, गोइत सबै पुर्ब माओबादि हुन। मार्न सिकाएपछि सबै भष्मासुर हुन्छन। २। अर्को कुरो अहिलेको अवस्थामा मुलुकमा शन्ति कायम गर्ने माओबादि हुन भन्नु भो। तर नम्बर एक, यिनले पुलिस चौकि राख्न नदिएपछि सुरक्षाको जिम्मा त लिनै पर्‍यो। जमिन मेरो कब्जामा छ भनेर दावा गर्नेले त्यति त गर्नु पर्‍यो। आर्को, माओबादिको सुरक्षा कायम गर्ने उपाय गोलि ठोक्ने हो भने मलाई गोलि ठोकेर तराइका ज्वाला फ्वाला हरुलाई तह लगाउनु छैन। सके फकाएर, नसके राम्रो काम गरेर तराई का जनताको मन जितेर।अनि जब जनताबाट यि ज्वाला हरु तिरष्कृत हुन्छन, जनताले आफै बुझाउछन यिनलाई। पछि हरेक हत्याको लागि मुद्दा चलाउनुपर्छ अदालतमा। हेर्नुस, म चितवन बाट आएको हुनाले त्यो माडी घटना अझै सम्झन्छु, त्यसैले माओबादिले सुरक्षा प्रदान गरे भन्ने कुरो त्यति निको लाग्दैन। मुख्य कुरो देशलाई लिम्बुवान, थारुवान आदि भागमा बाँड्ने भन्ने तालनतुलको कुरो गरेको पनि चित्त बुझेको छैन। अहिलेको जमानामा आएर जातकोआधारमा क्षेत्र बिभाजन गर्छु भन्न हुन्छ? कसरि देशलाइ भावनात्मक एकिकरण गर्ने भन्नु को सट्टा कसरि झन बिभाजन गर्ने भन्ने हो र? भन्ने बेला चाहि भारत र नेपालको त सबै संस्कृति रितिरिवाज मिल्छ भन्निन्छ, बस्ने बेला एउटै देशका मान्छे पनि सँगै बस्न सकिदैन र जात को आधारमा छुट्ट्याउँ भन्ने? यो त भएन नि। मलाई चितवनमा भिम बहादुर् श्रेष्ठले जिविस सभापति चलाउदा होस, या अमिक शेरचन सांसद हुदा होस या टेक बहादुर गुरुङ् सभापति हुदा होस केहि फरक पर्दैन। यत्ति हो, कसैले चितवनलाइ थारुवान वा बाहुनवान या नेवारवान् भनेर नाम नगर्देओस्। मेरो सबै साथिहरुको पनि यहि बिचार छ त्यहा। कमसेकम गर्नु अघि भोट गरेर हेरौ।
Read Full Discussion Thread for this article