Posted by: chitwanethito January 21, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
निउट्रल साथि, मुलुक अनिष्ट नै त हुदैन। तर दु:ख पाउँछन बेकारमा मान्छेले। देश भत्काउने वा बनाउने भन्ने कुरो दुइ चार जना हावादारि गुण्डाहरुले गरेर हुदैन। यो त ठुलो संघर्ष बाट मात्र हुन्छ। ठुलो जनसमर्थन चाहिन्छ, तैपनि संभव हुदैन। नेपाल बाट मोज दुइचार जनाले गरेका होलान, तर यो देश त हाम्रा पुर्खाको दु:ख ले बनेको देश हो नि, सबैलाई माया छ। कसैले खान खोजेर सक्दैन। तराईको माग साच्चै जान्न अरु केहि गर्नु पर्दैन, यौटा जनमत संग्रह गरेर तपाइ हरु छुट्टै जात मा आधारित राज्य चाहनु हुन्छ कि चाहनु हुन्न भनेर सोधे पुग्छ? अहिले त चुनाबै नगरि दादागिरि गरेको भरमा मन्त्री बन्न पाइन्छ कि भनेर एकदुइ जना उफृएका मात्र हुन। चुनाब जितेर, जनताको मन जितेर आउन त गार्‍हो छ नि, बन्दुक पड्काएर तर्साउन जस्तो सजिलो कहाँ छ र? यो माओबादिलाई गोलि पड्काउन छाडा छोडेर पनि यस्तो भा'हो। अब यिनिहरुलाई कडा सँग 'ल्याओ तिमेर्को बन्दुक' नभनि भएन। स्कुलका नानीहरुलाई अपहरण गरेर लग्यो, बन्दुक थम्यायो, अनि जाओ, जसको घाँटी कट्न मन छ काटो भनेर पठाएर देश चल्छ? कत्रो सुझबुझ र बिबेक चाहिन्छ दुइ करोड जनता भएको देश चलाउन।माओबादि लाई सत्ता दिएको कहिं इराकमा शिया हरुलाइ मन्त्रालय दिएको जस्तो नहोस (त्यहा स्वास्थ्य मन्त्रालयमा सुन्नि हरु लगेर मार्थे रे तिनिहरुले)। तर जे भए पनि मलाई हाम्रो देशको भविष्य प्रति भने बिश्वास छ। यो दुइतिन दिनको रडाको पछि उज्ज्वल भविष्य आउने छ हाम्रो। तराईमा पनि राम्रा लिडर हरु आउने छन नै। अस्ति देख्नु भएन ANTA को बक्तब्य? I am really proud of them। अब यो दुइ वटा गुण्डाहरुको ग्रुप (माओबादि र मोर्चा) लडेको लाइ पहाडि र मधेसि लडेको भन्न छोड्नुपर्छ।
Read Full Discussion Thread for this article