Posted by: chitwanethito January 21, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
see this news: http://www.kantipuronline.com/kolnews.php?&nid=98208 यो त सार्‍है भएन। अहिले खबर हेरेको, लाहान र मलङ्गवा मा बन्द रे। मैले नबुझेको यो तराइबासी संबन्धित सस्था हरु पनि कति रहेछन। कहिले जन अधिकार फोरम, कहिले लोकतान्त्रीक फोरम, यिनिहरु साच्चै तराइबासीको लागी लडेको हो कि मौकामा चौका हानिहालम, अहिले सरकार नभएको बेला भनेर लडेको हो? अनि लहानमा त्यो मारामार गर्ने माओबादि र फोरमका कार्यकर्ता, अनि किन गृहमन्त्रीको राजिनामा मागेको हो? यो माओबादीकै मन्त्री चाँडो बनाएर त्यसलाइ नै राजिनामा गर्न लगाउनु पर्ने हो। मलाई के कुरोमा खेद छ भने, माथि मित्र रिट्ठे जासुस ले भने जस्तो, ब्यक्तिगत रिस छ त्यो मातृका र गोइत को, अनि गोइतले त्यो ब्यक्तिगत रिसलाई जातिय रङ दिएको छ, जे मा नि आगो झोस्न खोज्ने। पहिला यो अन्तरिम संबिधान हो भन्ने बुझ्नु पर्‍यो, यसको बिरोध गर्नु पर्‍यो भने आफ्ना मान्छे लाई भोट हाले भैहाल्छ आउने चुनाबमा। यो त त्यसै मार्नलाई बनाएको संबिधान नै हो। कसरि चुनाब संपन्न गराउने र देशमा शन्ति र स्थायित्व बहालि गराउने भन्ने तिर सोच्नु भन्दा कसरि पानि धमिलो पार्ने र माछा मार्ने भन्ने सोच्ने हरु धेरै भए अहिले मधेशमा जस्तो लाग्छ।जे होस यो माओबादिका झड्केलो सन्तान हरुलाई प्रजातन्त्र प्रति के माया के मोह, यिनिहरुलाई त रगतको होलि खेल्न पाए पुग्यो। सार्‍है दुख दिने भए यिनि माओबादि हरुले नेपाललाई। कहिले के भनेर मान्छे मारेको छ कहिले के भनेर।
Read Full Discussion Thread for this article