Posted by: chitwanethito January 21, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
bahunketo, I am very offended by your statements. तिमीले भन्यौ : kahile kahi holocaust chahincha कसलाई जलाउन खोजेको? कसलाई मार्न खोजेको? कति ईतिहासको पाठ सिक्न नसकेको। हिटलर बाट सिक्ने पाठ भनेको अरु जातिलाई घृणा गर्न हुदैन भन्ने हो, अरुले बिरोध गरे भन्दैमा जलाउने, बच्चाबच्चि देखि बुढाबुढीलाई मार्ने भन्ने हैन। तिमीले भन्यौ : bihari ayera rights magne, marwari ayera magne..tyo kura chahi chitta bujhena अधिकार त जसले पनि माग्न पाउछ हैन र? हामी पनि त अमेरिकामा अधिकार मागिरहेका छौ। इज्जतका साथ बाच्न देउ, मलाई तरकारी बेच्ने भनेर नहेप, मलाई मधिसे भनेर नभन, यो मेरो पनि देश हो भन्न नपाउने? जबसम्म आफ्नो अधिकार पाइदैन, तब सम्म कसैले पनि नेपालि भनेर गर्ब गर्ने वातवरण बन्दैन। देश भनेकै के हो त? नेपाल भन्ने देश गठन गर्दा पनि यसको कारण के थियो भन्दा हामी यस क्षेत्रका हरु अङ्रेजको अधिनमा बस्नु भन्द स्वतन्त्र बस्न पर्छ भनेर पृथ्विले यो अभियान थालेका हुन। नेपाल कसैको लागि लाखौ रैति जम्मा गर्ने क्षेत्र मात्र हैन। देशका शासकहरुको दायित्व के पनि हुन्छ भने तिनको देशका नागरिकलाई त्यो देशमा गर्वका साथ बस्ने स्थितिबनाउनु पर्छ नत्र बगावत गर्ने अधिकार जसलाई पनि छ। म त्यो ज्वाला फ्वाला हरुको समर्थक हैन, म चितवनमा बस्ने पहाडिया हुँ। म यो छुट्टै मधेश, जात धर्म आदिको आधारमा देश टुक्र्याउनु पर्छ भन्ने हरुलाई मान्दिन। तर नेपालीले नेपालीलाई माया पनि नगर्ने, अनि अधिकार माग्दा गालि गलौज् गर्ने यस्तो प्रवृत्तिको घोर विरोधि हुँ। हाम्रो देश बलियो बनाउने हो भने सबभन्दा पहिले हामी बिच साम्प्रदायिक मिलाप हुनुपर्छ, हामी थोडा अफ्रीकालि वा अरबियन हरु जस्तो मिलेर बस्न नसक्ने जात हैन। तर मिलेर बस्ने वातावरण बनाउने दायित्व पहाडियाहरुको हो।
Read Full Discussion Thread for this article