Posted by: Rahuldai January 20, 2007
Login in to Rate this Post:
0
?
तिम्रो याद यति साह्रो आएछ,
अनायसै फेरि शिरानी भिजेछ
सँगै जिउने सँगै मर्ने कसम्
फगत एक कहानी भएछ ।
अनिगिन्ती इच्छा आकांक्षाहरु
नबुझ्दै आफ्नो जवानी बितेछ।
बनाउन खोजेकोथें ताजमहल
छानो नराख्दै खरानी भएछ
अलिकति मीठो सपना के देखेथें
घुम्टो नउघार्दै बिहानी भएछ।