Posted by: chitwanethito January 19, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
कर्मयोद्धा, मलाइ चितवनमा हुँदाको कुरो याद आयो, हामीलाई थारुहरुले शब्दै पिच्छे गाली गरेर 'पहाडिया, कसनके सासका लेरवा' भन्दा हामी हास्थ्यौ। हामीमध्य कसैले उनिहरुलाई 'साला, थारु' भन्यो भने त हाम्रो भागाभाग्, उनिहरु तेत्ति रिसाउथे। (म त सधै काका भन्थें, तर कोहि बदमास पहाडिया हरु अलि रेसिस्ट् शब्द प्रयोग गर्थे र हामी सोझासाझा खतरामा पर्थ्यौं।) भोटे भन्यो भने शेर्पाहरु रिसाउछन, पढ्नु भएन नुरु लामाको अलि पहिलेको 'नेपालि टाइम्स'को आर्टिकल? जे होस, मेरो बिचारमा यदि कसैले आफुलाइ 'मर्स्या' भनेको मन पराउदैन भने उसलाई 'मर्स्या' भन्नु रेसिज्म नै हो।मैले तपाइलाई 'ए भतिज' वा 'ए काका' वा 'ए साला' भनेको मायाले होला तर तपाइले 'ओइ, चितवने, मलाई भतिज नभन' भनेपछि पनि मैले त्यसो भन्न पाउदिन, भलै मेरो दृष्टिकोण राम्रो होस! मेरा दुइ तृणतुल्य अर्थविहिन शब्द।
Read Full Discussion Thread for this article