Posted by: chitwanethito January 19, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
तराइबासिजी, फेडरल ब्यबस्था भनेर माओबादिले पनि भनेका छन, त्यसमा र तपाइको मा के फरक छ? तपाइको बिचारमा धेरैजसो पढेलेखेका मधेसिहरु ले कस्तो राज्य खोजेका हुन? मलाई विश्वास छ कि तिनिहरु ज्वाला सिङ् वा गोइत जस्ता माओबादि हरु सँग त्यति सहमत छैनन्, तर उनिहरुको बिचार आइरहेको छैन। हुनसक्छ पढेलेखेका र ठुलो पोस्टमा बसेकालाइ 'हामीलाई मोज छदैछ, के बेकार हल्ला गर्ने' भन्ने पनि होला ! अर्को कुरो आजको जमाना मा जात को नाममा राज्य गठन गर्नु कति युक्ति सँगत हो? भोलि फेरि जनकपुरमा भएका पहाडिया हरुको के अधिकार हुने? जसरि हामीले अहिले नेपाल 'हिन्दु' अधिराज्य भनेर लेख्न छोडेका छौ, किनकि यसो गर्दा न-हिन्दु को चित्त दुख्ला भनेरत्यस्तै 'मधेश' वा 'मिथिलादेश' भन्दा अरुलाई नरमाइलो लाग्दैन होला? बरु, यसो गर्दा कस्तो हुन्छ? चार पाच वटा गाबिस हरु मिलाएर 'काउन्टि' बनाउने, र चुनाब जितेर आएकाले पुलिस , न्यायाधिश् छान्ने, अमेरिका मा जस्तो। कर पनि आफै राख्ने, तर केन्द्रले अलिअलि पैसा पाउनु पर्छ, किनकि केन्द्र ले सर्बोच्च अदालत, बिदेश बिभाग आदि हेर्छ, मनिटरि सिस्टम चलाउछ। जम्मै मधेश , जम्मै तराइ एउटा राज्य या एउटा देश त हुन सक्दैन, हेर्नुस। धेरै विविधता छ त्यहा, र पहिला पनि चितवन तनहु को थियो, रुपन्देहि मगधको थियो, सप्तरि, महोत्तरि आदि साना राज्य थिए, मिथिला तिरहुतको भाग थियो। अहिलेको जमाना मा पाकिस्तान र भारत जस्तो जात वा धर्मको आधारमा देशटुक्राउने भन्ने कुरो सोच्न पनि हुदैन जस्तो लाग्छ मलाई। मेरो बिचारमा प्रजातन्त्र र समानता लाई आधार बनाउने हो भने तराइवासि केहिमा कम छैनन। काङ्रेसमानै हेर्नुस, मेरो सबभन्दा मनपर्ने नेता महन्थ ठाकुर: वहा जस्तो घुस नखाने र आत्मा सम्मान भएको नेतै देखेको छैन। यत्रो मन्त्री भएको मान्छे दुइ तिन कट्ठा जमिन भन्दा बढि छैन, गिरिजा को मान्छे भनेर नेबि संघको अधिबेशन छानविन गर्ने समितिमा राखेको, वहाले गगनलाई नै सचिव बनाउनु पर्छ भन्नु भो र नमान्दा गिरिजालाई बिरोध गर्नु भो। तर गिरिजाहरुले आफ्नो पार्टिमा प्रजातन्त्र नराखेकोले नै वहा जस्तो मान्छे ले चान्स पाएको छैन। अनि अर्को कुरो चाहि हाम्रो देशमा यो 'देशि' 'मर्स्या' आदि शब्द लाई तुरुन्त 'ब्यान' गरेर त्यस्तो शब्द प्रयोग गर्ने लाई 'रेसिस्ट' भनेर दुइ महिना जेल मा राख्ने ब्यवस्था नगरि भाछैन।यसले हाम्रो देशलाई सार्‍है कमजोर बनाएको छ र सभ्य मान्छेको देशमा यस्तो कुराको कुनै स्थान हुनु हुदैन। यि शब्द मात्र नभएर 'भोटे', 'ज्यापु' आदि पनि ब्यान् गर्नु पर्छ।त्यस्तै पढेलेखेको मधेसि हरुले पनि अहिले को पहाडियालाई मार्ने, कुट्ने आदि कुरोको बिरोध गर्नु पर्छ। हामी सबैको भविष्य मिलेमा मात्र छ। फुटेर, एक अर्कोलाइ घृणा गरेर त हामी जीवन भरि उघो लाग्दैनौ। यो त मण्डले हरुको लेगासि हो।
Read Full Discussion Thread for this article