Posted by: chitwanethito January 19, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
तराइबासिका कुरा कतिपय सहि छन, धेरै जसो नै सहि छन, तर खुब रिसाहा भएर लेख्ने बानि चाहि काटिकुटि परमेन्द्र भगतको जस्तो छ। जे होस्, तराइबासिजिले भनेका कुरामा एउटाकुरा के गलत छ भने गएका बर्षमा तराइलाई पहाडिले शोषे भन्ने। राणा र शाहले गरेको दमन अत्याचार आफुलाइ मात्र गर्‍यो भन्ने र दमन र अत्याचारलाई मोनोपोलि गर्न खोज्ने वहाको भाषा मैले बुझ्दिन।अहिले सम्म सधै केहि ठुलाठालु हरुले आफु खाएर तराइपहाड सबै शोषेका थिए। यस्तो कुरो जानि जानि बुझ पचाउनु भएन नि। सबै पहाडि मिलेर सबै मधेसि लाइ शोषेको जस्तो लग्दैन मलाइ। अनि, अर्को कुरो मधेश भन्ने देश संसारमा कहिल्यै कहि थियो?थिएन। ल मैले नबुझेको कुरो कसरि सिराहा को यादब र दाङको थारु एकै भए? त्यो तराइको नक्सा बनाउने को दृष्टिकोण र पृथ्वि नरायणको दृष्टिकोणमा केहि फरक छैन। किन? उनले पहाड हिमाल् तराइ एक बनाए, त्यो नक्सा बनाउनेले यो पहाडिया र हिमालि हरुलाइ दबाउन सकिदैन, बरु थारु र तराईका लाई पेलेर हाम्रो शासन चलाउन सकिन्छ भन्ने सोचेर 'मधेश' भन्ने राज्य को कल्पना गरेको हो। सामाजिक भेदभाव जुन देशमा पनि हुन्छ, अमेरिका मा पनि छ, युरोपमा त भन्न परेन। अमेरिका मा अस्ति सम्म यहुदिलाइ कस्तो गर्थे? अझै पनि सर्बोच्च अदालत मा न्यायाधिस राख्दा एउटा मात्र राख्ने (यहुदि कोटा) भन्ने चलन छ। हाम्रो देश त्यस्तै हुनुपर्छ भनेको हैन, तर जब सम्म डाक्टर वा सरकारि अधिकृत हुन सरकारि कनूनले रोक्दैन, भेदभावको कुरो गर्नु बेकारै त भन्दिन, तर यो भेदभावले देशै टुक्राउन खोज्नु चाहि बेकार हो। कसरि तराइबासि पनि देशको राष्ट्रपति बनाउने भन्ने सोचौ बरु। बिगत मा राम नारायण मिश्र, महेन्द्र निधि आदि को कत्ति शान र इज्जत थियो? परशु नारायण चौधरिले गू नखाएको भए उनको पनि मौका थियो। यो पनि सोचौ। गोइत ले न चुनाब जितेको हो आफ्नै जिल्लामा, यो त माओबादि हो आजिवन, फुटेको हो मातृकाको रिसले, न सद्भावनाले कहिले तराइबासिको बहुमत भोट ल्याएको छ। आफ्नै मान्छेले नपत्याएका हरुले बन्दुक उचाल्नु को केहि अर्थ हुदैन। चुनाव जितेर पनि काम भएन भने बल्ल अरु उपाय सोच्नु पर्छ।
Read Full Discussion Thread for this article