Posted by: shirish January 18, 2007
Shortage of Medical Doctors in Nepal
Login in to Rate this Post:     0       ?        
लौ नेपालीमा पनि स्वास्थ्य संस्थाहरूमा डाक्टर अपुग ९५ मध्ये ४४ मात्रै कार्यरत लीलावल्लभ घिमिरे धनकुटा, माघ ३ - पर्ूवाञ्चलका १६ वटै जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा ९५ जना चिकित्सकको दरबन्दी भए पनि ४४ मात्र कार्यरत छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार तीन वटा अञ्चल अस्पतालबाहेक ९५ जना डाक्टरको दरबन्दी छ । ती मध्ये ४० वटा दरबन्दी हाल रिक्त छन् । ११ जना डाक्टर अध्ययन तथा असाधारण बिदामा बसेकाले ४४ जनामात्र कार्यरत रहेका हुन् । ती मध्ये पनि कोही तालिम तथा घर बिदामा जाने गरेकाले थोरै डाक्टरमात्र काममा रहेको स्रोतले बतायो । धनकुटा, इलाम र पा“चथरका जिल्ला अस्पताल यतिबेला डाक्टरविहीन नै छन् । सबै जिल्ला अस्पतालमा एक जना मेडिकल सुपरिन्टेन्डेन्टसहित तीन डाक्टरको दरबन्दी छ । ती दरबन्दी कागजमा मात्र सीमित रहने गरेको गुनासो स्थानीय बासिन्दाको छ । 'जिल्ला अस्पतालमा एक जना डाक्टर त ह“दैन कहा“बाट तीन जना पुग्नु -' निर्देशनालयका एक कर्मचारीले भने । चार डाक्टरको दरबन्दी रहेको सुनसरी अस्पताल अहिले एक जनाले धानिरहेका छन् । पर्ूवका ५१ वटा प्राथमिक स्वास्थ्य केन्द्रहरूमध्ये चार केन्द्रमा मात्र डाक्टर रहेको निर्देशनालयले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टरको दरबन्दी रहने व्यवस्था छ । पहाडी जिल्लाका कुनै पनि केन्द्रमा स्थापनाकालदेखि नै डाक्टर पुगेका छैनन् भने तर्राईमा आकलझुकल एकाध महिना डाक्टर जाने गरेको स्रोतले बतायो । स्रोतका अनुसार लोक सेवा आयोगले डाक्टरको पदपर्ूर्ति गरे पनि आयोग पास गरेका डाक्टरहरू सुगम क्षेत्र पाएमात्र जाने नत्र जागिर खानै नजाने गरेकाले यस्तो समस्या आएको हो । मुलुकमा ठूलो धनराशि खर्चेर मात्र डाक्टर पढ्न सक्छन् । त्यसैले गाउ“को परिवेश नै नदेखेकाहरू दर्ुर्ुगम क्षेत्रमा जानुभन्दा सरकारी जागिरे नबन्नु नै बेस ठान्छन् । 'सरकारले निर्धन अभिभावकका छोराछोरीहरूलाई निःशुल्क छात्रवृत्ति दिएर डाक्टर पढाउन सकेमात्र दर्ुर्ुगममा डाक्टर बस्छ' ती कर्मचारीले भने- 'गाउ“लेहरूका लागि डाक्टरको सेवा पाउनु आकासको फल आ“खातरी मर जस्तै छ ।' ती कर्मचारीका अनुसार धेरै पटक माथिल्लो निकायस“ग डाक्टर माग गरी पठाएकोमा माथिल्लो निकायले कुनै चासो देखाएको छैन । डाक्टरहरू सरकारी अस्तालमा काम गर्छु भन्छन् तर निजी क्लिनिकअगाडि बोर्ड झुन्ड्याएर राखेका हुन्छन् । जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र होइन अञ्चल अस्पतालको अवस्था पनि दयनीय छ । ५१ जना डाक्टरको दरबन्दी रहेको कासी अञ्चल अस्पतालमा २७ जना डाक्टरमात्र कार्यरत रहेका छन् । पर्ूवका तीन अञ्चल अस्पतालमध्ये मेची र सगरमाथा अञ्चल अस्पतालमा समेत दरबन्दी अपुग रहेको स्रोतको दाबी छ ।
Read Full Discussion Thread for this article