Posted by: shirish January 18, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
चोटिलो कला गजल गायन कौतुहलतापूर्ण कलात्मक प्रस्तुति गीतमा भन्दा गजलमा छोटो र चोटिलो हुनेगर्छ । थोरै शब्दले धेरै भाव बोक्छ । अझ यसको लेखनको निश्चित नियम छ । यी गहनतम पक्षले पनि गजल गायनमा लाग्नेहरु कम भएका हुन् । यतिबेला नेपाली साहित्यमा गजल खेलनको लहर चलेको छ । लेखन क्षेत्रमा प्रवेश गर्नेले एक न एक पटक गजल लेख्छ भन्न थालिएको छ । साँच्चै यसबेलाका स्रष्टाहरुले गजलबाटै आफूलाई यतातर्फप्रवेश गराएको देखिन्छ । गेयविद्या मानिने गजलको लेखनको लहर बढे पनि त्यसको तुलनामा गायनतर्फभने निकै पछि नै परिरहेको देखिन्छ । नेपालमा गायनको हिसाबले गजल गीतभन्दा पछि परे पनि सबभन्दा पहिले रेकर्ड भएर बजेको चाहिँ गजल नै हो भन्ने कुरा उठाउँछन् एकथरी स्रष्टा । उनीहरुले मोतीराम भट्टले लेखेको ‘यता हेर्‍यो’ बोलको गजलले नै सर्वप्रथम सेतुरामको गायन यात्रा अघि बढाएको कुरा ल्याएका छन् । अर्काथरीले चाहिँ अगुवा गायक मास्टर मित्रसेन र सेतुरामले गाएर रेकर्ड भएका सिर्जना गीत भएको कुरा अघि ल्याएका छन् । तर गीत या गजल रेकर्डका हिसाबले जुन अघि भए पनि यिनीहरुबीच धेरै समयको अन्तर भने अवश्य पनि छैन । गीतको स्थान अहिलेसम्ममा निकै माथि पुग्यो तर मोतीराम भट्टले १९४० सालदेखि नेपालमा भित्र्याई रेकर्डसमेत गराउन थालेको गजल हालसम्म पनि गायनको कुरामा किन पछि नै परिरहेको छ त - समालोचक एवम् गजलकार कृष्णहरि बराल यस प्रसंगमा भन्छन्- ‘गजल शास्त्रीय शैली सुन्ने बानी नहुनु मुख्य कारण हो ।’ उनले यहाँनेर महत्वपूर्ण कुरा के उठाए भने ‘कुनै पनि सिर्जनामा आफ्नो मौलिकपन हुनुपर्छ । मौलिक पन छ भने मात्र त्यस मुलुकका मानिसका लागि मन छुने र प्रिय बन्न सक्छ । यसर्थ नेपाली गजल लेखन मौलिक भए पनि गायनचाहिँ मौलिक हुन नसकेको बुझिन्छ । यिनै कुरालाई मनन गरेर दुइ वर्षअघि गजलकार बरालले म्युजिक नेपालमार्फत सुगम संगीतको रुपमा ‘विम्ब’ नामक गजल एल्बम निकाले । जसले उनले सोचेभन्दा पनि बढी नै प्रसिद्धि पाएको छ । उत्कृष्ट गीतको छनोट हुँदै आएको इमेज, हिट्स र चितवनका एफएममा विम्बका गजल उत्कृष्ट दशभित्र परेर एउटा नवीन इतिहास नै बनायो । भारतमा पनि पंकज उदासले गाएको सुगम शैलीका गजलले नै लोकप्रियता पाएको छ । कौतुहलतापूर्ण कलात्मक प्रस्तुति गीतमा भन्दा गजलमा छोटो र चोटिलो हुनेगर्छ । थोरै शब्दले धेरै भाव बोक्छ । अझ यसको लेखनको निश्चित नियम छ । यी गहनतम पक्षले पनि गजल गायनमा लाग्नेहरु कम भएका हुन् । पश्चिमेली संस्कृति र शैलीलाई गम्लङ्ग अंगालो मारेर आफ्नो मौलिकता भुल्नतर्फ नवयुवापुस्ताको रुचि बढी नै रहेका कारण नै गजल गायन त्यसको एल्बम उत्पादन र विक्रीवितरणमा प्रत्यक्ष असर पारेको विश्लेषकहरुको धारणा छ । ‘लेखनको लहर बढे पनि चट्ट मन छुने शब्द चाहिँ कम नै छ ।’ गजललाई निकै माया गर्दै आएका गायक एवम् संगीतकार शक्तिबल्लभलाई यस्तो लाग्छ । गजललाई ज्यादै माया गर्ने युवा गायक शिव परियारलाई पनि यस्तै लाग्छ । गजलको अध्ययन, विश्लेषणसमेत गर्न सक्ने क्षमता भएका शिव गजल लेखन ख्यालख्यालमै बढी केन्द्रित भएर अघि बढ्नुभन्दा भाव बोकेको र्सार्थक लेखाइ हुनुपर्नेमा जोड दिन्छन् । गजलले गायनको बाटोतर्फ आफ्नो गति बढाउन नसक्नु भनेको गजलकार, गायक र संगीतकारबीच गजलसम्बन्धी छलफल एवम् अन्तर्क्रिया नभएको अवस्था पनि एक हो भन्ने लाग्छ उनलाई । नेपालमा गजलै मात्र समेटी सिंगो एल्बम निकाल्ने तथा सबभन्दा बढी गजल गाउने र संगीत गर्नेमा पहिला छन् शक्तिबल्लभ । उनले ०५० सालमा आफ्नो एकल स्वर र संगीतमा ‘गजल सन्ध्या’ एल्बम निकाले । त्यसमा मोतीरामको ‘यी सानै उमेरमा’ भन्ने गजल पनि समेटिएको छ । त्यसपछि बीबी थापाको शब्दमा विविध गायक-गायिकाका लागि शक्तिबल्लभले ‘अनमोल मोती’मा संगीत भरे । ०६० मा त उनले आफ्नो एकल स्वरमा ‘सप्तक’ निकाले । अनि ०६३ मा भोजराज घिमिरेको शब्दको ‘आहत’मा शक्तिबल्लभले संगीत भरी तीन गजल गाएका छन् । संगीतकार भएर ०३५ सालमा रेडियो नेपाल छिरेका उनले गायकका रुपमा चाहिँ ०३९ मा गजलबाटै यात्रा शुरु गरे । ‘मलाई गजलको ओजिलो पनका कारण त्यति धेरै मोह छ, जति गीतमा छैन ।’ उनले हाँस्दै भने । म्युजिक कम्पनीहरुले गजलका एल्बम पनि गीतको जसरी वितरण गरिदिने हो भने गीतजति नै चल्छ भन्ने लाग्छ उनलाई । ‘गजल लेखनको लहर बढ्दैछ, त्यसबाट पक्कै राम्रा गजल आउँछन् नै । तर गजल तब मात्र साँच्चै व्यापक बन्छ जब संगीतसँग जोडिएर आउँछ ।’ -गजल लेखेर मात्र यसले पूर्णता नपाउने प्रसंगमा उनी भन्छन् ।र् उर्दू, फारसीमा १०औं शताब्दीतिर शुरु भएको गजल हुँदै १ सय २३ वर्षअघिबाट मात्र नेपालमा लेखनको प्रारम्भ भयो । तर नेपालमा ०५० को दशकदेखि मात्र लेखनको लहर बढ्न थालेको देखिन्छ । भर्खरैदेखि मात्र गजल लेखनमा युवापुस्ताको उत्साह बढेकाले यसको गायन माथि उठ्न नसक्नु स्वाभाविक ठान्छन् गजलकार ललिजन रावल । हालसम्म गजलका एल्बम दुइ हातका औंलामा गन्न पुग्नेसम्म भएका छैनन् । भर्खरै भुपेन्द्र खड्काले आफ्नो शब्दमा एउटा गीत र अरु सबै गजल राखी ‘बुलबुल’ एल्बम ल्याएका छन् । कालीप्रसाद रिजालको शब्दमा ‘मायाको याम’ गीत-गजल संगालो हो । शिव परियार भारतीय गायक जगजित सिंहलगायतले नेपाली गीत-गजलका मिश्रति संगालो ल्याएका छन् । हालसम्म एल्बममा रेकर्ड भएका गजलको संख्या जम्माजम्मी सय र गजल संग्रहचाहिँ २ सयजति पुगेको यसका सोधकर्ता कृष्णहरि बरालको जानकारीमा छ । रेकर्ड भएमध्ये केही गजल गीत भनेर सञ्चारमाध्यमले भन्ने गरेको त्रुटिपूर्ण अवस्था पनि छ । त्यस्तै गुलाम अलीका नेपाली गजल भनिएका चाहिँ गीतको स्वरुपमा छन् । अमर गुरुङ, भक्तराज आचार्यले पनि केही गजल गाएका छन् । गजल गायकका रुपमा लिनुपर्दा शक्तिबल्लभ, मुरलीधर, आनन्द कार्की, जगदीश समाल, सपनाश्री, सुक्मित गुरुङ, प्रकाश श्रेष्ठ, शिव परियार, थुक्तेन भुटिया, प्रतिमा राजभण्डारी, मनोज सेवा, अञ्जु सेवा, सुवास अगमलगायत पर्छन् । मोतीरामले भित्र्याएका गजल बिलाउन लागेको अवस्थामा ज्ञानुवाकर पौडेल र मनु ब्राजाकीले ०३५-०३६ बाट लेखनमा पुनर्जागृत गराए । अनि बुँद राना, रवि प्राञ्जल, डा. घनस्याम न्यौपाने ‘परिश्रमी’, ललिजन रावल, टीकाराम उदासी, देवी पन्थी, श्रेष्ठप्रिया ‘पत्थर’, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, विजय सुब्बा यसलाई हर्ुकाउँदै लाने काममा प्रमुख भूमिका निर्वाह गर्ने क्रममा थपिँदै गए । विशेषतः ०५० को दशकको मध्यबाट बढेको गजल लेखनको लहरले सबैतिर एकछत्र रजाइँ नै गरेको छ । गजलसम्बन्धी संस्थाहरु २ दर्जनजति भइसकेका छन् । नेपालमा रहेका भुटानी शरणार्थीलाई पनि यसले समात्यो । ०६१ सालमा त भुटान गजल मञ्च नै स्थापना भएर गजल वाचनका गोष्ठी सञ्चालित भइरहेका छन् । त्यहाँका गोविन्द फँुयाल र नन्दिकिशोर शिवाकोटीले मञ्चमा गजल गाएर रौनकता छर्ने गरेका छन् । मोतीरामको समयमा गजलको विकासका लागि ‘मोती मण्डली’ नामक समूह बनेको थियो । त्रिचन्द्र क्याम्पसमा ०३८-०३९ सालमा राजेन्द्र पौडेल, प्रकाश अधिकारीले गजल लेख्ने र शक्तिबल्लभले गाउने गरेको इतिहास पनि छ । पछिल्लो समयमा ०६२ साउनदेखि अनामनगरमा प्रत्येक शनिबार पदम गौतम, सुरेश सुवेदी, घनेन्द्र ओझा, मायामितु न्यौपाने, भूपेन्द्र तिम्सिना, जय गौडेल, जनक पौडेल, रेणुका भट्टहरु भेला भई गजल सुन्ने-सुनाउने क्रमले निरन्तरता पाई ‘अनाममण्डली’ गठन भएको छ । बहर -गजलको छन्द) तथा मुख्य रुपमा गजलको लय चेतनालाई बढाउन अनाममण्डलीले प्रभावकारी भूमिका खेलेको छ । अनाममण्डलीले नेपालकै पहिलो संयुक्त वहर संग्रह ‘बहरमाला’ यसै वर्षप्रकाशन गरेको छ । घनेन्द्र ओझाको ‘बल्झेर याद तिम्रो’ सरोज काफ्लेको ‘अधरामृत’ र ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइलो’को ‘मुस्कान’ बहरको ऐतिहासिक गजल संग्रह हो । अनाममण्डलीले गजल प्रशिक्षणका साथै गायनका कार्यक्रमको आयोजना पनि गर्दै आएको छ । जुन माहौलबाट गजललाई मञ्चमा गाउन थालेका छन्- सुवास अगम, डेनी निरौला, रुपक डोटेल, हेमन्त चेम्जोङ, रमेश कायस्थ, लक्ष्मण घिमिरे, इन्दिरा जोशी, दीपक ठकुरीले । पुनर्जागरणकालमा सबभन्दा पहिलो ०४२ सालमा ललिजन रावलले ‘केही गजल’ संग्रह प्रकाशित गरेका थिए । लेखन र प्रकाशनको लहर बढ्ने क्रममा ०६१ मा झापाका शिव रेग्मी ‘प्रणत’ले ‘कुन्ती’ नामक गजल काव्य नै तयार गरे । रमेश शुमेच्छुले नारी गजल संग्रह तथा प्रभातिकिरण, बालकृष्ण रेग्मी, रुपक वनवामी, निर्जन मनोज र लक्ष्मण गगनले एक-एक शेर गजल लेखेर संयुक्त संग्रह ‘अबरुद्ध गलाहरु’ तयार गरे । प्रवासमा रहेका चन्द्र तामाङ, जैकी मोहाजु, दलवीर सिंह, बराइली ‘घायल’ भानु दलाल र शान्तराम थापा मगरले विलयन गजल संग्रह आरोहण प्रकाशित गरे । भोजराज घिमिरेले संग्रह र एल्बम ‘आहत’ एकै साथ ल्याएर नौलो उदाहरण प्रस्तुत गरे । गजलमै सोधकार्य गरी पीएचडी गरेका छन् डा. घनश्याम न्यौपाने परिश्रमिले। कृष्णहरि बराल, श्यामप्रसाद न्यौपानेले पीएचडीको तयारी गरिरहेका छन् । व्यंग्यप्रधान गजलहरु पाठ्य र वाच्च रुपमा भिन्नै स्वादले अघि बढेको पनि छ । गजलप्रधान पत्रिका पनि प्रकाशित भइरहेका छन् । एफएम रेडियोले पनि यसलाई राम्ररी अघि बढाएको छ । यस्ता गतिविधिले स्तरीय र गेय गजल सिर्जना भइरहेको छ । र अबको दिनमा पक्कै पनि गजलले गायनका रुपमा आफूलाई उकास्दै लाने सम्भावना भने पक्कै बढेको छ । - भूपेन्द्र तिम्सिना Ref: http://www.newsofnepal.com/kamana/Magh/chotilo.htm
Read Full Discussion Thread for this article