Posted by: Nepe January 16, 2007
Report card on our leaders
Login in to Rate this Post:     0       ?        
हरेक राजनीतिक परविर्तनसँगै जनतामा बेग्लै किसिमको उत्साहको सञ्चार हुने गरेको छ । परविर्तनकै लागि उनीहरूले आफ्नो जीवनसमेत उत्सर्ग गर्दै आएका छन् । तर, राजनीतिक नेतृत्वले बारम्बार पाएका अवसरहरूलाई सदुपयोग गर्न सकेन । जनचाहना पूरा गर्ने मामलामा खरो उत्रन सकेन । जनता नारामा होइन, व्यवहारमा परविर्तन चाहन्छन् । प्रजातन्त्रका नाममा विगतका १४ वर्षमा धेरै 'म्यानुपुलेसन' भयो । राजनीतिक, आर्थिक, सामाजिक सबै पक्षमा भ्रष्ट संस् कृतिको बीजारोपण भयो । अहिलेको एक्काइसौँ शताब्दीका जनता यस तथ्यबाट अनभिज्ञ छैनन् । 'सार्वभौमसत्ता जनतामा' भन्ने वाक्यांशको स् पष्ट अर्थ बुझ्न सक्ने भइसकेका छन् । तानाशाहका स्वरूपहरू चिन्ने भइसकेका छन् । त्यसैले प्रजातन्त्रको आवरण भिरेर आउने तानाशाहका नयाँ संस्करणहरूलाई कदापि सहने छैनन् । जनताले चाहेको राजनीतिक विकास र परविर्तन मात्र होइन- आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण हो । अहिलेको युवापङ्क्ति नेतृत्वलाई समेत उछिनेर अगाडि जाने साहस गर्न सक्छ । नेतृत्वलाई नै दिशानिर्देश गर्न सक्ने क्षमता राख्छ । पछिल्लो आन्दोलनमा देखिएको जनउभार फगत भीड होइन, राजनीतिक रूपले सचेत नागरकिहरूको विशाल समूह हो । सङ्कुचित विचार, सिद्धान्त र नेतृत्वको आश्वासनमा परेर तिनीहरूको स्वार्थपूर्तिको माध्यम बन्न आजका जनता तयार छैनन् । त्यसैले आफ्नो मानसिकतामा व्यापक परविर्तन गर्न नसक्ने नेतृत्वले यो जनाकाङ्क्षा थेग्न सक्छु भन्ठान्नु ऐतिहासिक भूल मात्र हुनेछ । नयाँ नेपाल निर्माणको नारा दिने नेतृत्वले पहिले आफूमा एउटा स्पष्ट विचारको निर्माण गर्नु जरुरी छ । आर्थिक, सामाजिक, राजनीतिक र सामाजिक रूपान्तरणका चर्का कुरा गर्नेहरूले पहिले आफूलाई रूपान्तरण गर्नु जरुरी छ । जसले जे भने पनि अब बन्ने अन्तरमि व्यवस्थाको जगमा उभ्याइने नयाँ नेपाल निर्माणको अभिभारा लोकतान्त्रिक आन्दोलनलाई यस उँचाइसम्म पुर्‍याउने यिनै लोकतान्त्रिक शासन व्यवस्थाका पक्षपाती आठ दलले बोकेका छन् । त्यस अभियानको नेतृत्वकर्ता पनि तिनै दलहरूका नेता हुन् । तर, कस् ता छन् त हामी नेपालीका यी 'भाग्य विधाताहरू' ? के यिनीहरू वास्तवमै नयाँ नेपाल निर्माण गर्ने ल्याकत राख्छन् ? विभिन्न राजनीतिक विश्लेषक, राजनीतिक दलका नेता र परविारका सदस्यहरू हाम्रा 'भाग्य विधाताहरू' का बारेमा फरकफरक धारणा राख्दछन् । गिरिजाप्रसाद कोइराला छ दशक लामो राजनीतिक इतिहास बोकेका गिरजिाप्रसाद कोइराला विगत एक दशकभन्दा बढी समयदेखि नेपाली काङ्ग्रेसका सभापति छन् । दलगत नेतृत्व मात्र होइन, ०६३ वैशाख १४ गते पाँचौँपटक प्रधानमन्त्री बनेका कोइराला नेपालको राजनीतिक इतिहासमै जङ् गबहादुर राणापछि सबैभन्दा बढी समय मुलुकको राज्यसत्ता सञ्चालनको नेतृत्व गर्ने एक मात्र व्यक्तित्व हुन् । हम्मेसी आफ्नो अडानमा विचलित नहुनु उनको प्रमुख विशेषता हो । पछाडि फर्केर हेर्ने आवश्यकता पनि महसुस गर्दैनन् उनी । जे बित्यो, सो बित्यो भन्ने धारणा राख्छन् उनी । शरीरले लत्तो छाड्दै गए पनि मिजासमा शीताङ्ग छैनन् कोइराला । मङ्सिर ५ गतेको शान्ति सम्झौताका बेला लोकतन्त्रलाई स्थायी बनाउनु नै आफ्नो महत्त्वाकाङ्क्षा भएको बताउने कोइराला कुनै समय आफ्ना विरोधीको छायासमेत हेर्न तयार हुंँदैनथे । यतिबेला उनी केही परविर्तित भएका छन् र पारस्परकि सहयोगका आधारमा मुलुकलाई अग्रगमनतर्फ लैजान प्रयत्नरत छन् । आलोचकहरूले यथास्थितिवादी भने पनि आफ्नो अडानमा कायम रहनु र अरूलाई पनि त्यसमा सहमत गराउनु उनको खुबी हो । यसमा उनको राजनीतिक इतिहास र उमेरले निकै साथ दिएको छ । समकालीन राजनीतिमा भारत, अमेरकिा र दरबारसमेतको दबाबलाई थेग्न सक्ने कोही नेता छ भने ती कोइराला नै हुन् । शायद त्यही कारण हुनुपर्छ, माओवादीले समेत कोइरालालाई अन्तरमि सरकारको सर्वसम्मत प्रधानमन्त्री स्वीकार गर्ने भएका छन् । विरोधीहरूले शान्ति प्रक्रियामा ढिलाइ भएको आरोप लगाए पनि तीव्र गतिमा भएको अहिलेकोे राजनीतिक विकासक्रम कोइरालाकै कारण सम्भव भएको हो । प्रतिक्रियावादी शक्तिको सुषुप्त चलखेल र विदेशी दबाबसँग जुद्धै राजनीतिक घटनाक्रमलाई यहाँसम्म ल्याइपुर्‍याउनमा कोइरालाले लिएको अडानलाई कदापि नजरअन्दाज गर्न सकिँदैन । विश्व परविेश, शक्ति सन्तुलन, राज्य सञ्चालनका नीति र नियमहरू, विकास योजना, जनताको महत्त्वाकाङ्क्षा आदिका बारेमा सदैव अनभिज्ञ रहनु कोइरालाको प्रमुख कमजोरी हो । योजनाबद्ध ढङ्गले चल्न सिक्नुपर्ने आवश्यकता पनि कहिल्यै ठानेनन् उनले । नेपाली काङ्ग्रेसमा कोइराला परविारको मात्र वर्चस्व रहनुपर्ने मानसिकता राख्ने उनमा सत्तामा अरूलाई नसहने अधिनायकवादी सोच पनि हावी छ, चाहे ती आफ्नै पार्टीका किन नहुन् । नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र युवा पुस् ताका नेता शेरबहादुर देउवा उनको यही नीतिको शिकार भएका भुक्तभोगी हुन् । सम्भवतः उनको यही सोचका कारण नेपाली काङ्ग्रेस उनको नेतृत्वकालमा इतिहासमै पहिलोपटक विधिवत् विभाजित भयो । त्यसैले काङ्ग्रेसीहरू नै भन्छन्, मुलुकमा गणतन्त्र नै स्थापना भए पनि कोइराला रहँदासम्म काङ् ग्रेसभित्र प्रजातन्त्रसम्म पनि महसुस गर्न सकिँदैन । कुनै समय साथीभाइमाझ ठट्टा गर्न रुचाउने कोइराला यतिबेला भने निकै आत्मगत भएका छन् । परविारकै सदस्यसँग पनि पहिलेजस्तो धक फुकाएर बात मार्दैनन् उनी । धेरै 'रजिर्भ' भएका छन् । गर्नुपर्ने काम धेरै र समय थोरै भएका कारण उनको गम्भीरता गहिरँिदै गएको बताइन्छ ।
Read Full Discussion Thread for this article