Posted by: gaalab January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
चौतारी स्वस्थानी व्रतकथा - १२ वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। अगस्त्य उवाच कुमारजी हिजो सुन्नमा पाइयो तपाईंको आफ्नै कथा चाकरी गरी चाप्लुसी गरी फाल्देछन् त नि बिचरा। कुमार उवाच अगस्त्य तिमी पूराना कुराले नगराऊ टेन्सन गणेशको नाम त, झन् मेरा अघि नगर मेन्सन॥ ती तिता कुरा, रिसका पुरा, सम्झनाबाटै हटाऊ ल बरु आज, कुन कुरा सुन्न इच्छुक् छौ बताऊ। अगस्त्य उवाच बिहानैदेखि खुल्दुली लागेको छ एउटा बातको कसरी लाग्यो महादेवलाई दशा यो साँढे सातको आफ्नै बसाहा साँढेको गोबर कुरेर नब्बे मास बस्नलाई किन परेछ प्रभो? कुरा पर्यो के खास?॥ कुमार उवाच हे अगस्त्यमूनि! कुरा जो तिम्ले ल्यायौ ज्यादै असल साँढे सातको प्रवचन सुन्न तयार भई बस ल साँढे सात वर्ष गोबरमा लुक्ने कुरा हुन् ढाँटीको म भन्छु अब, एकचित भएर सुन कथा खाँटीको॥ त्रिसुलको भाला सर्पको माला बाघको पर्यो छाला दिनभरि भाँङ् धतुरो गाँजा साँझ परेपछि प्याला यिनकै भरमा बस्दामा घरमा चिलाउन थालेछन् चर्म एक दिन पट्यार लागेर मर्त्य झरेछन् बिहार गर्न ॥ नेपाल देशमा शिवको भेषमा नमीठो अनुभव थियो त्यसैले भेष विष्णुको लिई गरेछन् कन्याको चियो गौशाला चोकमा असाध्यै राम्री शोडषीलाई देखेछन् मोहित भई, लठ्ठ परेर तिन्को बाटो छेकेछन् ॥ एक् अजंगको पहलमान आई उनको हात मर्कायो नाकका पोरा ठुल्ठुला बनाई बेस्सरी थर्कायो "हे साधु! को हौ? कहाँबाट आयौ? लाग्दछौ बिहारी नचिन्ने केटी जिस्क्याउँछौ किन? यी हुन् मेरी पियारी" एकान्त भए फुच्चे केटोलाई ठिक पार्ने अवस्य थिए भेष खुल्ने डरले मधुर स्वरले त्यसलाई सम्झाउँदा भए "हे भक्त! म हुँ, स्वर्गको विष्णु, आफ्नो मन्दिर खोज्दैछु यी कन्यालाई, थाहा पो छ कि, रोकेर सोध्दैछु" त्यो केटो पनि रहेछ जर्रो पत्याएन उनको कुरा जेबमा हात हालेर तत्काल् देखायो ठुलो छुरा शिवको त्यसले कपाल समाई दुई कदम अघि तान्यो सबैको अघि झन् ठुलो स्वरमा शिवलाई यसो भन्यो "पापिष्ट विष्णु, लाइदिम्ला सिस्नु, कचकच नगर एक किक् मैले दिएमा पुग्लाऊ बागमती बगर ब्रुस् ली सँ' सिधै, मार्सल आर्ट, छु मैले सिकेको दूध खाने उमेर देखि नै मान्छे छु मैले पिटेको॥" अनर्थ भयो के गरौं भनी शिवजी भाग्दा भए रोकिराखेको साँढेमा चढ्न गौचरन लाग्दा भए बागमती पुलमा मान्छेको हुलमा ढिलो भो भनेर उफ्रिंदा कस्ले धकेलिदिएछ झरेछन् बगर चिन्नु न जान्नु ढुंगाले हान्नु, बेकाममा अघि सरे उठ्दा त हस्पिटल्, हड्डीका टुक्रा नि, हजार भएछन् हरे! ती हड्डी गाँसी प्लास्टर लगाई रिह्याबिलेसन् गर्दैमा नब्बे मास पुरा, लागेछ त नि, आज भोलि भन्दैमा इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे द्वादशोध्याय॥१२॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्। शब्दार्थ: उवाच - भन्नु (भन्हुन्छ) टेन्सन - tension :D मेन्सन - mention :D मास - महिना (नब्बे मास - हिसाब गर्दा साँढे सात वर्ष) खाँटी - सत्य चर्म - छाला बिहार गर्नु - घुमफिर गर्नु मर्त्य - पृथ्वी (अर्थात् जन्मेपछि मर्नै पर्ने ठाउँ) शोडषी - सोह्र वर्षकी केटी, अर्थात् जवान् केटी नाकको पोरा ठुल्ठुला बनाउनु - रिसाएर नाकबाट ठुल्ठुलो सास फेर्नु
Read Full Discussion Thread for this article