Posted by: CaMoFLaGeD January 16, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
मलाई पहिले पहिले कविताहरु यस्तो रमाइलो हुन्छ भन्ने कहिले लागेको थिएन। साँच्चि हो! कहिले लागेको थिएन। तर साझामा आउन थालेपछि यसरी कविता, कथाहरु सित साइनो गाँसियो नि, अब त यिनीहरु बिनाको जिवन कस्तो हुन्छ होला अनुमान नि गर्न सक्दिन। गोताएँदाई हजुरको "गजलको भाइ, गीतको दाइ, कविताको भतिजा, मुक्तकको काका" अनि त्यस्मा राहुलदाई र गालउले थपेका टुक्राहरु अत्ति राम्रा छन्। सार्‍है राम्रा!! मैले धेरै लेखें खाममा तिम्रो ठेगाना आज बल्ल देखें खाममा तिम्रो ठेगाना थाहा छ बजारमै खोसाखोस भएको दाग थोरै भेटें खाममा तिम्रो ठेगाना थाहा छैन के छ भित्र, तर ढुक्क छु मैले आगत टेकें खाममा तिम्रो ठेगाना प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना राहुल दाई को "आज हिम्मत नहारी लेखे मेरो नाममा तिम्रो ठेगाना" र गालउले "च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना" चाँहि बबाल लेख्या हो है!! हैन, सबै एक से एक छन्। हेर्न थाल्यो, सबै बबाल लाग्छन्। कस्तो आउने यार!! आफ्नो त यस्तो दुखेसो छ, धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना ;-) :P हे हे हे!! जदौ गाम्लेहरु!! :-)
Read Full Discussion Thread for this article