Posted by: Rahuldai January 15, 2007
राहुले र साझा
Login in to Rate this Post:     0       ?        
"राहुले र साझा __________ उहिले उहिले धेरै पहिले जय शम्भू चिलिम् तान्ने गर्थें बाउको एक् लात ले बानी गयो उहिले उहिले धेरै पहिले गुच्चाटोले नीलो फिलिम् हान्ने गर्थें जनसेवाको एक् रातले त्यो बानी नि गयो एन् केन् अनेकन् हानी हुने, बानी गयो। बल्ल यो राहुले ज्ञानी भयो। अहिले अहिले अझ अहिलेको अहिलेइ राहुले को बानी जानी जानी फेरि खत्तम् भो रे उल्टो कदम् भो रे कमाउन छोडेर रमाउन छोडेर चुम्बिन छोडेर झुम्मिन थाल्यो रे। काम पनि गर्दैन रे घाम् पनि ताप्दैन् रे के भयो राहुले लाई, अचम्म भो सब् लाई राहुले त आज भोलि न दिन् न रात न माम् न भात् एक तमाश लगावमा केहि हताश् भावमा एकलै एउटै कुर्सिमा, एकै टेबिलमा चियाको बिलमा रमाउंदै, बसिराखेको हुन्छ हांसिराखेको हुन्छ किन कि उ सधैं चौतारि अनि साझामा हुन्छ साथिहरुको माझमा हुन्छ।
Read Full Discussion Thread for this article