Posted by: ratobhaley January 15, 2007
mysansar.com going too far
Login in to Rate this Post:     0       ?        
For a site that is depending on money donated by Nepalis outside of Nepal, mysansar.com has the guts to call bad names to Nepalis living outside of Nepal and trying to do their best from afar. Granted that Umesh did not write it but giving it a place in his blog is a mistake following blog puts down Nepalis who are living abroad बुसलाई पुकार्नेहरुलाई जवाफ Filed under: समाचार र विचार, पाहुनाको पालो — Administrator @ 4:08 am -दीपक अर्याल/काठमाडौँ- (यस लेखको आशय विदेशिनु भएका सबै महानुभावहरूको चित्त दु:खाउने होइन। यो‍ नेपालमा विस्तारै विकसित शान्तिप्रकृया भाँड्न उद्दत नेपालभित्रका केही नेपाली तथा केही ‘भगौडा’ नेपालीहरूतर्फ मात्र केन्द्रित छ।) नेपाली जनताले निकास खोजिरहेका छन् र देश तथा राजनीति यसै दिशातर्फ अगाडि पनि बढिरहेको छ तर, नेपाल भित्र रहेका तथा केही नेपाली ‘भगौडा’हरूलाई यो चित्त बुझिरहेको छैन। उनीहरूलाई नेपाली जनता अझ मरे हुन्थ्यो भन्‍ने लागिरहेको छ। शायद बाबु-बाजेदेखि जनताको रगतमा होली खेल्ने बानी लागेकाहरूलाई वर्तमान शान्ति मन परेको छैन। जनताको रगत-पसिना बगेको नदेखेसम्म उनीहरूला‌ई खाएको पच्दैन र निद्रा लाग्दैन होला त्यसैले त जनताले शान्तिको अनुभव गरेको उनीहरूलाई मन परिरहेको छैन र जनताको रगत नबगेकोमा उनीहरूमा छटपटि बढेकोछ तथा नेपाली जनताले केही हदसम्म पाएको सुख-शान्तिसँग चिढिएका छन्। मानिसहरू राष्ट्रियताका ठूला-ठूला कुरा गर्छन्। अझ विदेशतिर भासिने‍हरू त आफूभन्दा ठूलो राष्ट्रवादी कोही नभएको दावी गर्छन्। अमेरिका वा बेलायत बस्नेहरू उनीहरूभन्दा ठूला प्रजातन्त्रवादी कोही नभएको दाबी गर्छन्। मानौं, उनीहरू बुस वा ब्लेयरका खाँटी प्रतिनिधि नै हुन्। कोरिया वा इराकको जस्तो जनतालाई मारेर मात्र बच्ने राष्ट्रियता हामीलाई चाहिएको छैन। बुसले भनेजस्तै वा नेपालबाट भागेका भगुवाहरूको जमातले खोजे जस्तै जनता मर्ने प्रजातन्त्र पनि हामीलाई चाहिएको हैन। हामीलाई जनता नमर्ने र नमारिने प्रजातन्त्र चाहिएको छ, राष्ट्रियता चाहिएको छ। जनता नभएको देशको कुनै अर्थ छैन। राष्ट्रियता भनेको त्यो देशको ‘जनता’ हो। जनता सुरक्षित वा सुखी छन् भने त्यहाँको राष्ट्रियता बलियो छ र त्यहाँ राज्यको अस्तित्व रहेछ भनेर मान्‍नु पर्छ। कुनै सिमाना वा राजनीतिक विभाजनले मात्र राष्ट्रियताको निर्धारण गर्दैन। यदि जनता नै असुरक्षित (कानुनी तथा अन्य तवरले) छन् र खाने, लाउने तथा बस्ने आधारभुत आवश्यकताबाट बञ्चित छन् भने त्यहाँ राष्ट्रियताको कुनै अर्थ छैन। त्यहाँ प्रजातन्त्रको कुनै अर्थ छैन। दशौंलाख नेपालीहरू भारत तथा अरब मुलुकमा जानुभएको छ। वहाँहरू मध्ये अधिकांश वाध्यताले विदेशिनु भएको छ। यसरी वाध्यतावश रोजी-रोटीका लागि विदेशीनीहरूको राष्ट्रियतामाथि शंका गर्नु हुँदैन तर कुनै वाध्यता विना विदेशिने र १२ वर्ष पछि नेपाली जनताले पाएको केही सुखद क्षणलाई भाँड्न तत्पर हुनेहरूको राष्ट्रियतामाथि भने शंका गर्नु नै पर्छ र जनता मार्न अमेरिकी वा वेलायती सरकारलाई उक्साउनेहरूलाई ‘राष्ट्रघाती’ नै भन्‍नुपर्छ। मलाई लाग्छ नेपालमै जन्मे पनि विदेश बसेर राष्ट्रवादी वा प्रजातन्त्रवादी भ‌ई टोपल्नेहरू भन्दा मेरो आमालाई गोली लाग्दा पानी दिने र हस्पिटल पुर्‍याउने विदेशी नागरिकहरू मेरा नजिकका र मेरा आफन्त हुन्। कम्तिमा उनीहरूले मानवीयता बुझेका छन्, हामीहरूको पिडा देखेका छन् र हामीहरूको घाउमा मल्हम लगाएका छन्। दाजु-भाइ मारिदाँ सँगै बसेर रोइदिने, मलामी गइदिने तथा काजकृया गर्दा सघाइदिने नै मेरा लागि आफन्त हुन् र उनीहरूले नै नेपाल बुझेका छन् र युद्धको त्रासदी बुझेका छन्। त्यसैले विदेश बसेर युद्धका बेला नेपाली जनतालाई गाली गर्नेहरू भन्दा गाउँमा भोकमरि लाग्दा बम, बारूद र गोलीको पर्वाह नगरी चिउरा, भुजा, भेली, फलफुल तथा सब्जी पुर्‍याइदिने मेरा मधेशका दाजुहरू नै मेरा लागि प्रिय छन्, मेरा आफन्त हुन् र वास्तविक नेपाली हुन् वा गोली लागेर मेरा दाजुभाइहरू छट्पटिदा नाफा खाएरै भए पनि औषधि दिने भारतीय व्यापारीहरू नै मेरा लागि जरूरी छन्, प्रिय छन् र थिए। नेपाली भाषा बोल्दैमा र नेपालमा जन्मदैमा राष्ट्रवादी भइदैन भन्‍ने कुरा बुझ्न जरूरी छ। जनता मरिरहँदा र देश जलिरहँदा भागेर हिड्ने भगुवाहरूले शान्तितर्फ अग्रसर भइरहेको देशलाई किन भाँड्न खोजिरहेका छन्? विदेशमा बसेर नेपालीहरूले गरेको निर्णयमाथि किन औंला उठाउँदैछन्? हामीहरू बाँच्न चाहिरहेका छौं, हामीलाई मार्ने कोशिस नगरियोस्। हामीलाई इराक वा अफगानिस्तान बनाउने कोशिस नगरियोस्। हामीले रोप्न खोजेको शान्तिको विउलाई मास्ने प्रयास नगरियोस्। होइन भने त माओवादी मात्र होइन नेपाली सेना र प्रहरी पनि तिम्रा विरूद्धमा उत्रनै पर्छ। आजसम्म एकअर्काका विरूद्धमा प्रयोग भएका हतियारलाई एकैठाउँ राखेर तिम्रा विरूद्धमा जाइ लाग्नै पर्छ। हामीलाई कुनै सेना मार्नु छैन, हामीलाई कुनै प्रहरी मार्नु छैन न त हामीलाई कुनै माओवादी नै मार्नु छ। हामीलाई आफ्नै जनता मारेर आउने प्रजातन्त्र चाहिएको नै होइन। हामीलाई आफ्नै जनतालाई पिडा दिएर, जनताको रगतमाथि होली खेलेर वा जनताको अधिकार खोसेर सुरक्षित हुने राष्ट्रियता पनि चाहिएको होइन। नेपालीहरूको भाग्य निर्धारण नेपालमा बस्ने नेपालीहरूले नै गर्नेछन् जसरी विगतमा गरेका थिए। सबै कुराहरू जनता केन्द्रित हुनुपर्छ। बहुसंख्यक जनताले बाँच्न पाउनु पर्छ। जनताको रगतमाथि होली खेलिनु हुँदैन र जनताहरू मारिनु हुँदैन। बहुसंख्यक जनताले चाहेको हुनु पर्छ वा उनीहरूले खोजेको कुरा पाउनु पर्छ र उनीहरूको सुखका लागि राज्य वा राजनीतिक पार्टी लाग्नुपर्छ। को सत्तामा आउने वा नआउने भन्‍ने कुरा नेपाली जनताले निर्धारण गर्ने कुरा हो। कसैलाई यदि माओवादीहरू आतंकवादी नै हुन् भन्ने लाग्छ र उनीहरू सत्तामा जानु हुँदैन भन्‍ने लाग्छ भने नेपाल आएर आवाज उठाए हुन्छ। संविधान सभाको चुनावमा भाग लिएर उनीहरूलाई हराए हुन्छ, होइन भने नेपाली जनताले उनीहरूलाई विश्वास गर्छन् र उनीहरूलाई जिताउँछन् भने यसका विरूद्धमा बुस वा ब्लेयरलाई पुकार्नुको कुनै अर्थ छैन। राष्ट्रियता वा प्रजातन्त्रका कुरा गर्नेहरूले नेपालमै बसेर माओवादी वा अन्य कुनै शक्तिका विरूद्धमा पनि मोर्चा सम्हाले हुन्छ, होइन भने विदेशी मुलुकका नागरिक वा विदेशी सरकारलाई नेपाली जनताको चाहनाका विरूद्धमा उकास्नुको कुनै अर्थ छैन।
Read Full Discussion Thread for this article