Posted by: Yahoooooo January 15, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हे हे तितौरी, कति Innocent बार्तालाप भएछ नि कान्छि सङग । साँच्चै त्यो कथाको किताब लगिदेउ है । स्वस्थानी पनि रमाइलो लाग्यो । जाओस् प्रभु जाओस् अझै । 'तर कुमारजी, तपाईंलाई घाटै मात्रै भा' त छैन नि! रम्भाजीलाई त्यही बेलाँ सुमेरु पर्वतमा भेटा'र ल्या' हो रे नि त!' 'हाहाहा! काँबाट थाहा पाउँछौ यार? हेहेहेहेहेहेहेहे! तिमीपनि जासुस रहेछौ।' 'अस्ति, "अप्सरा मासिक"मा पढ्या थिएँ तपैंको लभस्टोरी!' 'हाहहा! मैले सुमेरु पर्वतमा रम्भालाई भैटेर पट्याएको कुरा कष्यप ऋषिलाई बाहेक अरुलाई भन्या थिइन। कसरी त्यो पत्रिकामा पुगेछ?' 'तपाईंलाई थाहा छैन? कष्यप ऋषि त हुन् नि अहिलेको "अप्सरा" को प्रधान सम्पादक भा'छन्। २ महिना भो नियुक्ति भा'।' 'ए बरबाद पारेछ नि! साँच्ची आजभोलि त्यो पत्रिकाको कभरमा कसको फोटोहरु आउँछ? हाम्रा पालामा त उर्वर्शी थिइन् क्यारे टप मोडल। अब, अहिले बुढो भइयो। त्यो पत्रिका पनि पढ्नै छोडियो।' 'हेत्तेरिका! यो घरमा प्राइभेसी भन्नी कुरै छैन्। आर्काको फोन कन्भर्सेसन् पनि लुकीलुकी सुन्नी हो? देउता त यस्ता असभ्य छन् भने यो देशका मान्छे कस्ता हुनी भन्या ??!! खाली नचाहिंने कुरा गरेर रिस उठाइदिन्छन्'
Read Full Discussion Thread for this article