Posted by: Tyra January 14, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
आज गालब ले डे अफ लिया भयेर गाम सर्है सुन सान मशान भयो त्यहि भएर मैले यो टाइम पास् जेपिटि राखेको है :-) हुन त भर्खर् २ दिन् अघि मात्र फोन् मा कुरा भा'थियो घर् मा, तै नि फेरि गरौ गरौ लागि हाल्ने के अनि हिजो फेरि फोन गर्या थिये, आज चौतरी सुन्ने भएको ले यहा राख्या है त मेरो भाला कुसारि हेहेहे :P:D :D खास् मा सबै सङ कुरा भयो है तेइ त हो नि रेग्युलर कुरा हरु - खायौ? कति बज्यो? ( यो प्रश्न चाइ मलाइ नि थाहा छ उता पनि थाहा छ ,तै नि हरेक् पल्ट सोध्छु म पनि उता बाट पनि सबै जना । पृथ्बि गोलो भएको ले यता दिन, उता रात हुन्छ भन्ने कुरा कहिले दिमाग ले एक्सेप्ट नगर्ने भो हरेssssहेहेहे lol) यस्तै ,उस्तै । हिजो चाइ अलि स्पेसल भयो, एउटि फुच्चि छे के घर् मा मामु को साथि नि हुने यसो काम् नि सघाउने मामु लाइ भनेर राखेको (खास् मा उस्को घर् तराइ हो) ,स्कूल् नि जान्छे, स्कुल् मा के के भयो सुनाएर् बोलेर घर् शुन्य हुन दिन्न, त्यहि भएर हामि (छोराछोरि )कोहि नहुदा नि मामु लाइ त्यस्तो सुन्य फील् हुदैन रे कान्छि भएर। नाम त सोनु हो तर घर मा सबैभन्दा सानि भएको ले कान्छि भन्ने गर्या के। खास् मा उ सङ फोन त्यत्ति कुरा हुन्थेन मन् लागे नि अरु सङ कुरा गर्द गर्दै कान्छि जैले नि छुट्ने बोल्न लाइ ,अनि जैले नि मामु सङ गनगन गर्ने रे के उस्ले कैले नि बोल्न पाइन भनेर , अनि हिजो चाइ अरु सङ थोरै बोलेर उ सङ कुरा गर्या मैले- म :कान्छि के गर्दै छेस्? कान्छि : हिहिहि (केहि बोलिन) म :किन नबोले को आवाज् आएन त्यहा? कान्छि : होइन आ'छ । म :अनि बोल् न त , स्कुल् जादैछेस ,जाँच मा के भइस नि? कान्छि : जादै छु । सन्ते फस् भयो ,म पाँचौ भए (सन्ते उस्को इस्कुल् को साथि , पढ्न मा चलाख छे के कान्छि) म :ए ल राम्रो गरिस। कान्छि :हिहि! म :अनि अरु भन अस्ति देखि बोल्छु कि बोल्छु भन्या होइन तैले? कान्छि : हो,(अलि खुल्दै गै के )दिज्जु अ म्रीका कस्तो छ? म :राम्रो छ कान्छि (के भन्ने अरु .....हहाहा ) कान्छि : घर् कति अग्लो हुन्छ ? हजुर् को फोटो मा अग्लो घरै देख्दैन ? (लौ मार्यो! कान्छि ले खतरा इन्वेस्टिगेसन गरि सकिछे) म : हुन्छ नि किन नहुनु , ए फोटो मा देखिनस् ल म अर्को पठाइदिम्ला भोलि हेर् है त सान्दादा लाइ भनेर । कान्छि :हस्! म :अनि अरु? कान्छि :अनि भुजा(भात्)कस्तो हु्छ अ म्रीका मा? सबै काम मिसिन ले गर्छ रे हो दिज्जु? म :त्यहि जस्तो हुन्छ के? के के सोद्छे यो केटि। कान्छि :मिसिन मान्छे जस्तै हुन्छ? म :हेहेहे मान्छे जस्तै हुन्छ सप्पै अँ हा हा (आफैलाइ हासो लाग्यो के )मान्छे नै मिसिन् हो हाहाहा:D म :कस्ले भन्यो तलाइ? कान्छि :सन्ते ले। बिच मा अरु यस्तै अरु इन्नोसेन्ट प्रश्न् हरु सोधि। मलाइ पनि रमाइलो लाग्यो त्यस्को कल्पना को अ मेरिका देखेर । म :कान्छि अँ मामु लाइ दे न त अब फोन ल । कान्छि: हस्! दिज्जु,अनि नि पल्लो घर को सुधा अन्टि हरु आउदा अ्रिका मा केट्केटि हरुले पढ्ने कथा को एउटा किताब पठाइदिनु ल मलाइ (पढ्न असाध्य रहर् गर्छे के) अन्टि (my mom) ले भन्या कस्तो राम्रो राम्रो किताब् हरु पाइन्छ रे हो केट्केटि ले पढ्ने ? म :नेपालि मा भ'को पाइदैन यहा इङ्लिश मात्र हुन्छ अनि के गर्छेस् नि? कान्छि: म ४ मा गए इङ्लिश् नि आउछ मलाइ । म: हेहेहे ल ल । कान्छि:ल अन्टि लाइ दिम फोन्? म: ल ल दे । :D I miss her a lot ! *****
Read Full Discussion Thread for this article