Posted by: vivasg January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
दिन र रातको परदेश-कामले यो शरीर सार्है थाकेको छ, यो भन्दा त छ्वालिको छानाकै बास ठीक थियो दिन र रातको घरको सम्झनाले यो मन त्यसई पाकेको छ, यो भन्दा त साग सिस्नुकै गास ठीक थियो । थाहा छैन मेरो मनले किन परदिशिने चेस्ता गर्‍यो आशाकै त्यान्द्रोको भरमा मलाई यो दु ख पर्‍यो । दिन र रातको सपनाले यो आँखा पनि धेरै गलेको छ यो भन्दा त कुहिरोको मेरै गाउ ठीक थियो दिन र रातको यो परदेशयाइले अन्तै जाउकी, सुर चलेको छ यो भन्दा त भात्किएको मेरै आगन ठीक थियो । दिन र रातको परदेशअको कामले,,,,,,,,,,,,,,, --------------------------------------------------------------------------------
Read Full Discussion Thread for this article