Posted by: shirish January 12, 2007
यो माया नभए के होला ?
Login in to Rate this Post:     0       ?        
तिम्रो गाउँ जाने बाटो, लागें केहि नसोची ! अगाडी कस्ता कस्ता छन्, अबरोध नजोखी ! आंखा तरे, जिब्रो टोके, संज्ञा दिए अनेक, तिमी भेट्न हिडीं रहें, कंहि कतै नरोकी ! कमजोरिलाई जितें, तिम्रै सहारा भेटी नभए कसरि हांस्नु ? थोपा आंशु नपोखी ! स्वर्गको अनुभब खै, अधूरो र अपूरो ! कसरि पूर्ण होला र, तिमी संग नभोगी ? माटो, पानीमा लडेर, हिलाम्य त्यो मुहार, चिन्न, बास्ना काफी भयो, को हो पनि नसोधी !
Read Full Discussion Thread for this article