Posted by: gaalab January 12, 2007
Login in to Rate this Post:
0
?
चौतारी स्वस्थानी व्रतकथा - ९
वाचक - गालब
यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।
कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! तहाँ उप्रान्त महादेवलाई भनेर बोकेर लगेको प्याकमा जुरेलीले प्वाल पारिदिई ठाउँ-ठाउँमा मम झर्दै गएको कुरा उल्लेख गरेको थिएँ। कुन-कुन ठाउँमा के-के उत्पन्न भए भन्ने बारेमा अब बताउँला। यी ठाउँहरु पीठ बनेको हुनाले, तीर्थ गएमा सात पुस्ताको पाप पखालिएला। शुरुमा ईर्लिन देशको डिब्लिन गाउँमा २ डल्ला मम झर्न पुगे। ती दुई डल्लामा भैंसीको खुट्टाको मासु भएको हुनाले त्यहाँ खुट्टेश्वर महिषेश्वरी उत्पन्न भई शिवशक्ति स्वरुपले रहनुभयो। यस पिठमा चित्रे आई अनेक किसिमका नक्शा बनाई फलफुल चढाई नाचगान गरे। देवी प्रशन्न भई वर माग भन्नुभयो। चित्रेले "सधैं चित्र कोरिरहन पाऊँ" भनी वर माग्दा देवी प्रशन्न भई "तथास्तु" भनी वर दिनुभयो।
डिस्केथानमा पुगेपछि आन्द्राको भागको मासु रहेको अरु दुई डल्ला मम पोखियो। त्यहाँ आन्द्रेश्वरी उत्पन्न भईन्। त्यस पुण्यस्थलमा ठुल्नानी आई नेपालबाट ल्याएको धुलो चढाई पूजा गरिन्। देवी प्रसन्न भईन् र भनिन "हे ठुली! तिम्रा भक्तिदेखि म प्रसन्न भएँ; वर माग।" देवीको यस्तो कुरा नबुझी ठुलीले सोध्न लागिन् "हे देवी! वर भनेको के हो?" यस्तो कुरा सुनी देवीले "वर भनेको बधु शब्दको पुलिङ्गी अर्थात् 'दुलाहा' हो" भन्दा ठुलीले लजाउँदै "मेरो त फिक्स भइसक्या छ ताआआआआआआआअ" भन्दै :D गर्दै भाग्न लागिन्। देवीले पछाडिबाट "चौतारीको वर मागे पनि हुन्छ" भन्दा पनि टेरपुच्छर नलाएपछि देवी पनि आजित भई फर्किंन लागिन्।
टेक्सिन् बेंसीमा पुगेपछि करङ्नेरको मासु भएका अरु दुई डल्ला झोलाबाट पतन भई करङेश्वरी उत्पन्न भई शिवशक्ति स्वरुपले रहनुभयो। त्यस पुण्यभूमिमा बिर्खेबुढा आई तमाखु चढाई स्तुति गर्न लागे। ईश्वरी प्रशन्न भई वर माग भनिन्। बिर्खेले "अरु तीस वर्ष जवान हुन पाऊँ। दुई-चार जना जिम्माल्नी बन्न सुहाउनीहरु मेरो पछि लागुन्" भन्दा देवीले "यो कुरा मलाई भन्दा पनि चौतारीमा भर्खर आएकी डाउँडर्नी नानीसँग गर।" भनी त्यसै भागेर गईन्।
लुसुनटारमा पुगेर सपेटाको मासु रहेका दुई वटा डल्ला पतन भए र त्यहा सपटे-महिषेश्वरी उत्पन्न भई शिवशक्ति स्वरुपले रहनुभयो। त्यसभूमिमा मास्टर्नी आएर अरु दुई डल्ला मम बढाई, फूलहरु चढाई, भुराभुरीलाई कखगघ पढाई स्तूति गर्न लागिन्। ईश्वरी प्रशन्न भएर वर माग भन्दा मास्टर्नीले, "हे देवी! हाम्रो यहाँ हावाहुरी बढी आउने हुनाले पाठशालाको छानो पनि, घरको छानो पनि उँडाएर लान्छन्। त्यसैले हुरीले कहिल्यै केही गर्न नसक्ने बिल्डिङ् बनाईपाऊँ" भनी बिन्ती गर्न लागिन्। यस्तो सुनेर देवीले "हे मास्टर्नी! तिमीले भुराभुरी पढाएर राम्रो काम गरेकी छौ र यो वर एकदम उपयुक्त पनि छ। तर अहिलेको हाम्रो प्रविधिले त्यस्तो बिल्डिङ् बनाउन सम्भव छैन। बरु, तत्कालको लागि तिम्रो स्कूलको लागि भनेर यो कालोपाटी डोनेट गर्दिन्छु" भन्दै त्यहीं ब्ल्याकबोर्ड सृष्टि गरिदिंदा मास्टर्नीले "यस्तो कालोपाटीमा चकले लेख्ने चलन त गईसक्यो। दिने भए बरु साइनपेनले लेख्ने सेतो बोर्ड दिनुहोस्, हैन भने उल्टो तपाईंलाई श्राप दिन्छु" भन्दा देवी डराएर त्यो ब्ल्याकबोर्ड त्यहीं छोडी अलप भइन्।
केनेन्डाँडामा पुगी ह्याकुलाको भागको मम पतन भयो। जुरेलीसँग तीन महिने ब्रेक गरेपछि टाइम पासको लागि केनेन्डाँडा आएका भउते सोही ठाउँमा दिनदिनै मर्निङ् वाक गर्ने गरेका रहेछन्। आज के अनर्थ भयो भनी हेर्न जाँदा ह्याकुलेश्वरी उत्पन्न भई शिवशक्ति स्वरुपले रहनुभएको देखेर भउतेले फलफूल नैबेद्य चढाई पूजा-आरधाना गर्दा भए। देवी प्रसन्न भई वर माग भन्नु भयो। ईश्वरीको यस्तो दयालु वचन सुनी भउतेले पनि हर्षोल्लास गरी "हे देवी! मलाई चाहिएकी त जुरेली हो। तर अहिले तीन महिनाका लागि गुप्तवास गएकी छे। अहिले पुस-माघको महिना छ; यता केनेन्डाँडा तिर हिउँ परेर बबाल छ। मलाई पाकिस्तानी लेदरको एउटा ज्याकेट दिनुहोला।" भउतेले यति भन्न नपाउँदै एक्कासि महादेव प्रकट भई देवीलाई केही बोल्न नदिईकन भन्न लाग्नुभयो "म यस सृष्टिको हर्ताकर्ता महादेव त कैलास पर्वत जस्तो चिसो ठाउँमा एक सरो बाघको छालाले पुर्याउनु परेको छ, तँलाई केको पाकिस्तानी लेदर? त्यस्तो पाकिस्तानी लेदर पाउनी भा'भए मै लाउँथे नि!" भनी देवीलाई समेत तान्दै "आफू त महादेव उत्तानो पर, कसले देला वर?" भन्दै अन्तर्ध्यान हुनुभयो।
इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे नवमोध्याय॥९॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।