Posted by: gwanche January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
सबैलाइ धनुस्टंकार पोज मा नमस्ते ठोके ! यो साउको काम, नखाम भुने दिन भरिको शिकार, खाम भुने कान्छा बाउको अनुआर ! नयाँ बर्ख लागे'सि अलि बढी नै धपेडी भो, कैले कताको खेत जोत्नु पर्ने कैले कताको । फेरी साउले पर्म लाग्नु पर्ने ठाममा नि लौ ग्वाँचे तैले नि मुन्छे'रु चिन्नु पर्छ भोली म जस्तै साउ बन्न पाम्छस, काम सिकेर आइज, आफुले जानेको काम सिका'र आइज भुनेर एक दुई ठाम्मा पठाइदयो । हुन त साउले भुन्या ठिकै हो, आफ्नैलागि त हो नि काम सिक्ने तर अलि धपेडी चाइ हुने क्या । तर रमाइलो पुनी भो, कैले नदेखेको तर आफुले गर्नु पर्ने काम्को बारेमा किताब सिताब लेखेको अजङगका साउहरुसंग नि भेट भो, प्रत्यक्ष कुराकानी गरियो । नेपालबाट आ'को भुन्दा अचम्म मान्द रैछन्, किन हो था छैन तर नेपालीहरु भुनेको पहाड चढ्ने र लडाइ लड्ने मान्छेहरु मात्रै हुन्छन भुन्ने सोचेर पो हो कि ( उनिहरु नै जानुन्) । तर यताको गामतिर नेपाल र नेपालीलाइ असाध्यै राम्रो नजरले हेर्छन्, राम्रो लाग्छ । यै काम्को मेसोमा चौतारीमा आउन पाइन माफ पाम है, यस्सो बेला बेलामा चियाएको चाइ हो है । छुस्स छुस्स अभिबादन पनि मौका मौकामा गरेकै हो । जिम्मालबालाइ शहरा'ट नयाँ फिलेबरको तमाखु ल्याइदिन्छु भुन्ने सोचेको थे, तमाखु बेच्ने पसल मोरी गे' देखेको होइन । शहराँ'ट त तमाखु ल्याम्न पाइएन तर अब जिम्मालबालाइ खाली हात भेट्ने कुरा नि भेन्, तेइ भेर माथि हर्के काकाको चिया पसलाँ'ट दुई पोका बिजुलि चुरोट किनेर आम्दै थे, निस् ब्रोले बाटोमा छापा मारिहालो । कति गर्दा नि मानेको हैन बज्याले, त्यो जिम्स् सुड्डालाइ भन्दा त हाम्लाइ पो बढी जरुरत छ, फिरि भर्खर खतरा ट्रीप दिने जि लुटेको छ हाम्रो केटाहरुले, यो चुरुटमा भरेर दामि स्टिक बनाउन पर्छ भन्दै सबै माल जफत गरिहालो । जे भो भो, अर्को पाली लुकाएर ल्याउनु पर्ला, जिम्मालबाको लागि! कुमार ब्रो, सरि गालब ब्रो ( कुमारजी आग्या गर्नु हुन्छ भन्ने पढ्दा पढ्दा गालब ब्रोलाइ नि कुमार ब्रो लेखेछु ! )को क्लासिक स्वस्थानी गजब गै'रा छ, साउको काममा भे नि, कुनै अध्य्याय छुटा'को छैन । मजा आइरा'छ, किप इट अप सोम ! फिरि नेप्चे, डाग्डर्नी नानी, मास्टर्नी दिदीहरुको कबितत्मक दोहोरी नि क्या मजाको भइरा रैछ, कैले हिन्दी, कैले नेपाली कैले औंरेजीमा । मेरोतर्फ बाट नि एउटा टुक्रा है ( केही समय पैला लेखेको कबिताको कुनै भागमा रहेको छ लाइन): परेलीभित्र मेरो तिमीले शायद आफुलाइ देखिनौं मुटुभित्र तिमी मेरो आउँदै आइनौं मुटुभित्र मेरो तिमी आएकी भए देख्थेउ तिमी त्यहाँ आफ्नो नै छाया बताउनै सकिन कति माया गर्थे मुटु नै चिरेर देखाउन त कसरी सक्थे ठुल्दाइसँअ चिलिम तान्न र म म खान नि जान पाइया थेन्, अब मजाले चिलिम तान्दै म म ठेल्नु पर्ला, फिरि मादेबले ओरिजिनल माल देका छन रे बुढालाइ । दुई चार दिन झ्याप हुनुपर्छ, मादेबको भक्तिमा लिन हुँदै, के था मादेब बुढा खुशी भे'र धोबिनीलाइ जस्तै तीनवटा विस पुरा हुने बर पो दि हाल्छन कि, तीन वटा नभे दुईटा भे' नि चल्छ । यामे ब्रोले नि सम्झेको रैछ अस्ती, क्यार्नु आफ्नु अच्छा दोस्तलाइ नि भेट्न पा हैन । यामे अलि तेस्तइ थ्यो क्या, अब फुर्सद भो, सँगै ढिडो हसर्नुपर्छ है। फेरी तिमी त कति मिठो ढिडो मस्काउँछौ यार, चौतारीबाट टाढा गे नि तिमीले पकाको ढिडोको सम्झना चाइ आइर'ने तर अचार चाइ जे पायो तेइ को नबनाउ है, कैले काइ त तिमी खान नहुने कुरा को नि अचार बनाउने क्या ;-) लौ त यती भन्दै मेरो दुई शब्द यहिं टुङ्ग्याउँछु, सबैको जय होस्!
Read Full Discussion Thread for this article