Posted by: s.sigdel January 11, 2007
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
के थाहा भोली कस्तो बनेर आउँछ ======================== शान्तिका प्यसमा सुकेका कण्ठ्हरु हो नरसंहारका दृश्यले थाकेका आँखाहरु हो एकै छिन पेट भरि भरि शान्ति पिउ एकै छिन आँखाहरुलाई बिश्राम देउ के थाहा भोली कस्तो बनेर आउँछ । छोरालाई धमिलो प्रकशमा भेटेका आमाहरु हो श्रीमान सँग हतारमा पिरती साटेका श्रीमतीहरु हो एकै छिन मतृबत्साल्यले छोरालाई आङलो हाल एकै छिन श्रीमान सँग पेट भरि भरि प्रेम साट के थाहा भोली कस्तो बनेर आउँछ । छोरा गुमाएका धेरै आमाहरु हो सिन्दुर पुछिएका धेरै बिधुवाहरु हो आफ्नै आँखाले एकै छिन अरु आमाहरु हेर पति बियोगमा एकै छिन निर्धक्क रोउ के थाहा भोली कस्तो बनेर आउँछ । बाबु-आमाका प्रेमबाट बन्चित टुहुरहरु हो धेरै सपनाहरु बाशी बनाएका युवाहरु हो अब शोकलाई शक्तिमा बादल एकै छिन सपनाहरुबाट बिउँझ के थाहा भोली कस्तो बनेर आउँछ । हजरौ लडकुका चित्कर सुनेका जननेताहरु हो नगरिकका रगतले रङिएका शसकहरु हो कदाचित अब आहंकारको मदिरा नपिउ कदचित अब आफ्ना बाहुहरु संघुरो नवनाउ के थाहा भोली कस्तो बनेर आउँछ । के थाहा भोली कस्तो बनेर आउँछ ।।
Read Full Discussion Thread for this article