Posted by: samiksya January 11, 2007
किनकी म तिमीलाई माया गर्छु !
Login in to Rate this Post:     0       ?        
आउ तिमी तिम्रो पक्ष लिएर हरेक सित, हरेक थरिका कहिले घोषित, कहिले अघोषित यूद्दहरु लड्दा लड्दा, यो मनमा प्रतिस्थापित बुध्द , हरायो हरायो, बोधीबृक्षबाट समेत झरे पातहरु ! तिम्रोलागी उठ्न पहाड हुंदा, छाती भित्र अंगाल्छु भनेर कैयौं बादल फकाउन आए, कति सार्हो रहि रहन्छौ भन्दै अबिरल पानीले पगाल्न नसक्दा झारेर गए हिउंहरु ! बिगतको साल झैं यसपाली मलाई यो बर्ष लड्ने जांगर छैन, त्यसैले आउ तिमी बोधीबृक्षका पात पातमा बुध्द कोर्न ! बिगतको साल झैं यसपाली ठिङ्ग मात्र उभि रहने रहर छैन, त्यसैले आउ तिमी ठोस पदचाप लिएर पहाड सार्न !
Read Full Discussion Thread for this article